नेभिगेशन
नेताका कुरा

किरण थापालाई बागमतीमा संसदीय दलको नेता बनाउन महेश बस्नेतले डाके गोप्य भेला

सांसदहरूको हस्ताक्षर गराइँदै

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेश संसदीय दलको नेता फेर्न गोप्य भेला डाकेका छन् ।

बस्नेतले किरण थापामगरलाई प्रदेश सभा दलको नेता बनाउन भन्दै भक्तपुर गठ्ठाघरस्थित जर्मन हाउसमा शुक्रबार बिहान ९ बजे गोप्य भेला बोलाएको एक सांसदले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘किरण थापामगरको पक्षमा बहुमत जुटाउन महेश बस्नेत समूहले जर्मन हाउसमा भेला डाकेर सांसदहरूको हस्ताक्षर गराइरहेका छन् भन्ने सुनेका छौं,’ इतरसमूहका एक नेताले सिधाकुरासँग भने ।

Ncell
Extreme Energy

उनकाअनुसार सांसदहरूले आर्थिक चलखेलसमेतको आशंका गरेका छन् । बागमती प्रदेशमा एमालेका २५ सांसद छन् । थापाको पक्षमा बहुमत जुटाउन १३ सांसद आवश्यक पर्छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि बागमती प्रदेशमा किरण थापामगरलाई मुख्यमन्त्री बनाउन चाहेको एमाले नेताहरूले बताएका छन् । नेताहरुकाअनुसार ओलीले पनि सांसदहरुलाई बोलाएर थापाको पक्षमा उभिन फकाइरहेका छन् । 

ओलीले बागमतीमा थापालाई मुख्यमन्त्री बनाउने तथा लुम्बिनीमा चेतनारायण आचार्य र कोशीमा हिक्मत कार्कीलाई नै निरन्तरता दिनेमा नेताहरूसँग सहमति जुटाएको एक नेताले बताए । ती नेताका अनुसार बिहीबार बिहान अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई छलफलका लागि भक्तपुर गुण्डुस्थित आफ्नो निवास बोलाएका थिए ।

बिहान ११ बजेदेखि भएको छलफल अपराह्नमात्रै टुंगिएको थियो । ‘उक्त छलफलमा कोशी र लुम्बिनीमा पुरानै मुख्यमन्त्री दोहोरिने सहमति भएको छ । त्यहाँ अहिले नफेर्ने तर बागमतीमा भने अहिले दलका नेता रहेका जेन थपलिया (जगन्नाथ) लाई नबनाउन ओलीले जोडबल गरिरहेका छन्,’ ती नेताले भने ।

ती नेताले बताएअनुसार बागमतीको मुख्यमन्त्री बनाउन सचिव महेश बस्नेत लगायत नेताले किरण थापामगरलाई अघि सारेका हुन् । उनी केही समयअघिसम्म सामाजिक विकास मन्त्री थिए । सत्ता समीकरण हेरफेर हुने सहमतिपछि पदबाट राजीनामा दिएका हुन् ।

जेनजी आन्दोलनपछि अध्यक्ष ओलीलाई गुण्डुमा बासको प्रबन्ध गरेका थापा राप्रपाबाट एमाले प्रवेश गरी चुनाव जितेका हुन् ।

‘जेएन लामो समयदेखि आन्दोलनमा जोडिएको मान्छे, उहाँ फेरि ओली कित्ताकै मान्छे हो । पछिल्लो समय नजिक भएको, अहिलेको अस्थायी बासको प्रबन्धदेखि ओली कुटी बनाउनसम्म भूमिका खेले भन्दैमा किरणलाई अघि सार्न नहुने पोखरेल र पौडेलको जोडबल छ । तर ओली सहमत हुनुहुन्न,’ ती नेताले भने ।

बागमतीमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विश्वासमा लिएर एमाले नेतृत्वमा सरकार बनाउने कसरत भइरहेको सांसद केशवप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार राप्रपा सहमत देखिएको छ । ‘उसका केही कुरा मानेर अहिले सरकार गठन गर्ने तयारी छ,’ उनले भने । मुख्यमन्त्रीमा पोखरेलको पनि दाबी छ ।

११० सदस्यीय प्रदेश सभामा हाल १०४ कायम छन् । सरकार बनाउन ५३ जना सांसद आवश्यक पर्छ । प्रदेश सभाको दोस्रो ठूलो दल नेकपासँग २६ सांसद छन् । एमालेसँग २५ सांसद छन् ।

काठमाडौं ९(२) बाट निर्वाचित प्रदेश सभा सदस्य पोखरेलका अनुसार सरकार गठनका लागि गठबन्धनको मत नपुग्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल भइरहेको छ । राप्रपासँग १२ सांसद छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै