नेभिगेशन
नेताका कुरा

एमालेबाट निर्वाचित मेयरसहित चार वडाध्यक्षको पद गयो

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित मेयरसहित चार वडाध्यक्षको पद भयो रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग अनुरूप उनीहरूको पद रिक्त भएको सूचना प्रकाशित गरेको हो ।

पद रिक्त हुनेमा रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु छन् । मोरङ, बेलबारी–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, जाजरकोट, भेरी–१०का वडाध्यक्ष दलबहादुर राना, दिक्तेल रूपाकोट मझुवागढी–१४ का वडाध्यक्ष्ग दिनेशकुमार राईको पनि पद रिक्त भएको छ । देवाही गोनाही नगरपालिका–४ का वडाअध्यक्ष रामप्रवेशप्रसाद कुर्मी, खोटाङ, खोटेहाङ गाउँपालिका–४ का वडासदस्य प्रदीप आचार्य छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका यी जनप्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल परित्याग गरेको भनी केन्द्रीय सचिवालयको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी प्राप्त हुन आएकोले निजहरू निर्वाचित भएका तपसिलका पालिका ÷ तहको निर्वाचित पद स्वतः रिक्त भएको भनी आयोगबाट मिति साउन १४ गते निर्णय भएको हुँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ आयोगले भनेको छ ।

Ncell
Extreme Energy
WhatsApp-Image-2026-07-31-at-11.05.55-1785477776.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै