नेभिगेशन
पूर्वाधार

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

काठमाडौँ ।  गोदावरीका रामानन्द चौधरीलाई अझै याद छ, उद्योगका कुन कुनामा कुन मेशिन थियो, के काम हुन्थ्यो र उनलाई यो पनि थाहा छ अब गोदावरी मार्बल उद्योग फेरि चल्दैन । 

उनी ललितपुरस्थित गोदावरी मार्बल इन्डष्ट्रिजका कर्मचारी हुन । यो उद्योग बन्द भएको एक दशक भइसक्यो । सर्वोच्च अदालतले २०७२ साल वैशाख ३ मा वातावरणीय प्रभावको कारण देखाएर उद्योगको अनुमति खारेज गरेको थियो । त्यसयता पनि उनी आफूले काम गरेको उद्योगमै भेटिन्छन । न त्यो उद्योग चलेको छ, न फेरि कुनैदिन चल्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Godawari-Marble_70_D-1785560759.jpg

Ncell
Extreme Energy

सयौँ प्रजातिका चरा, पुतली, वनस्पति र सिंगो वातावरणलाई खलल पुर्‍याउने गरी यो उद्योग चल्नुपर्छ वा चलाउनुपर्छ भन्ने होइन । तर, नेपाली मार्बल उद्योग इतिहासको एउटा कोसेढुंगा मानिने यो उद्योग भने खण्डहर बनेको छ । यहाँका भौतिक संरचना, मेसिन र पूर्वाधार प्रयोगविहीन छन । न उद्योग धनीले यो बिक्री गरेका छन्, न राज्यले लिएको छ ।

Godawari-Marble_-17-copy-1785560738.jpg

२०२३ सालमा गोदावरीमा मार्बल उद्योग खुलेको थियो । २०४५ सालदेखि काम गरेका रामानन्द मार्बलको मोटाइ नाप्थे । मार्बल उत्पादन गर्न भ्याइ–नभ्याइ हुन्थ्यो । उनकाअनुसार शनिबारबाहेक हप्तामा ६ दिन, २४ घण्टा उद्योग चल्थ्यो । वातावरणीय कारणले बन्द उद्योग कुनै वैकल्पिक व्यवस्था गरेर चलिदिए हुन्थ्यो भन्ने उनको रहर छ । 'हामी त यहीँ बुढो भइयो । यो चलेदेखि सरकार र आउने पुस्तालाई राम्रो हुन्थ्यो भन्ने मेरो मनमा लाग्छ,'उनी विगत सम्झन्छन्, 'त्यतिबेला सबैभन्दा धेरै मार्बल भारत जान्थ्यो । बंगलादेश र पाकिस्तान पनि निर्यात हुन्थ्यो ।'

अर्का कामदार हेमबहादुर गुरुङलाई पनि उद्योगको अवस्था देखेर मन भारी हुन्छ । उनको सम्झनामा दिनमा ४ वटासम्म ट्रकले मार्बल ओसार्थे । मेसिन पनि काम नलाग्ने भएकाले मर्मत गरेर चलाउन निकै खर्चिलो रहेको उनी सुनाउँछन । 'अब त मर्मत गर्नै १र२ करोड लाग्छ होला । सामान काम लाग्दैन,'उनी भन्छन्, 'अब आश के हुनु । हामी त बुढो भैयो १ काम गर्न पनि सक्दैन ।' 
 
इतिहास बनेको गोदावरी मार्बलपछि पनि नेपालमा खानी तथा खनिज उद्योगको कमी छैन । खनिजको अध्ययन र अनुसन्धान पनि कम भएको छैन । नेपालमा हालसम्म ६३ प्रकारका खनिज पत्ता लागेको खानी तथा भूगर्भ विभागको अभिलेख छ । अहिले पनि खोजतलास र उत्खनन गरेर १ सय ७१ अनुमति पत्र जारी भएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए । धेरैजसो उत्खनन अनुमति चुनढुंगाका लागि दिने गरिएको उनले बताए ।

२५ प्रकारका खनिजको अनुसन्धान गर्न १ सय ४ वटा र १९ वटा खनिज उत्खनन गर्न १ सय ६७ अनुमतिपत्र जारी भएको उनले बताए । 'खनिजको सम्भावना छ छैन । छ भने कति छ । कसरी उत्खनन गर्ने भनेर अध्ययन अनुमतिपत्र दिइन्छ । उत्खनन गर्न अर्को अनुमति पत्र हुन्छ,' उनले सुनाए, 'तामा र धातुमा बढी चासो भएकाले अनुसन्धानका लागि पत्र लिइरहेको अवस्था छ ।'

उनकाअनुसार धातुको अन्वेषण, प्रशोधन गर्न विभागसँग जनशक्ति छैन । कति धातु निस्कन्छ भन्ने पत्ता लगाउन विदेशी संस्थासँग सहकार्य गर्नुपर्छ । त्यसैले निजी क्षेत्रले धातुको अनुसन्धान गर्छन ।

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट, स्लेट ढुंगाजस्ता खनिज उत्खनन गरेर बजारीकरणमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । 'धातुजन्य खनिजमा आज लगानी गरेर अर्को साल लाभ लिने, बिक्री वितरण गर्नसक्ने अवस्था छैन । यो विषय जटिल भएकाले ४/५ वर्षको समय अन्वेषणदेखि उत्पादनसम्म लाग्छ,' उनले थपे, 'कम प्रविधि र खर्च लाग्ने खनिजलाई प्राथमिकता दिन सके आयात घटाउन सकिन्छ ।'

उनको अनुभवमा नेपालमा अनुसन्धान गर्ने सरकारी जनशक्तिको अभाव छ । खानी, खनिजको पढाइ हुने विश्वविद्यालय नभएको र विदेशमा पढ्न जानुपर्ने बाध्यता रहेको उनले सुनाए । तर, विदेश पढेकाहरु सेवासुविधाले गर्दा नेपालमा काम गर्न उत्प्रेरित छैनन । त्यसैले सहायक तहका जनशक्तिलाई तालिम दिएर काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

Godawari-Marble_-18-copy-1785560739.jpg

Godawari-Marble_-23-copy-1785560753.jpg

Godawari-Marble_NPL-1785560765.jpg

Godawari-Marble_-16-1785560733.jpg

Godawari-Marble_-15-1785560732.jpg

Godawari-Marble_-19-copy-1785560743.jpg

Godawari-Marble_-20-1785560746.jpg

Godawari-Marble_-21-1785560748.jpg

Godawari-Marble_-23-copy-1785560753.jpg

Godawari-Marble_-12-1785560726.jpg

Godawari-Marble_-14-1785560726.jpg

Godawari-Marble_-6-1785560711.jpg

Godawari-Marble__D-1785560702.jpg

Godawari-Marble_-4-1785560710.jpg

Godawari-Marble_2-1785560702.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...