नेभिगेशन
मुख्य समाचार

आज राति यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । आज राति देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, मधेश प्रदेशका विभिन्न स्थान तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ। तीमध्ये एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने विभागको पूर्वानुमान छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

Ncell
Extreme Energy

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशका धेरै स्थानसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्र तथा सुदूरपश्चिमको तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

भारीदेखि धेरै भारी वर्षाका कारण पहिरो, डुबान, बाढी तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागका पछिल्ला मौसम बुलेटिन नियमित रूपमा हेर्न विभागले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ ।
वरिष्ठ अधिवक्ताको मापदण्ड फेर्न प्रस्ताव

वरिष्ठ अधिवक्ताको मापदण्ड फेर्न प्रस्ताव

वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउन नेपालगञ्जका कानुन व्यवसायीले आग्रह गरेका छन् ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् ६ वटा कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् ६ वटा कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
आज यी स्थानमा वर्षा हुने

आज यी स्थानमा वर्षा हुने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।