नेभिगेशन
कर्पाोरेट

सुरु भयो अर्थमन्त्री वाग्लेसँग २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आह्वान गरेको नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफल सुरु भएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थ मन्त्रालयको सुवर्ण हलमा छलफल भइरहेको हो। छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एअरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डुसान, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एशियन पेन्ट्स, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट नारायणी, न्यू होप एग्रो बिजनेस, नेपाल बेलहोप एग्रिटेक, वरुण बेभरेज, टर्किस एयरलाइन्स, भोटेकोशी पावर र बर्जर जेन्सन एन्ड निकोल्सनका प्रतिनिधि सहभागी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलमा कम्पनीका उच्चपदस्थ स्वदेशी तथा विदेशी प्रतिनिधिहरूले सहभागिता जनाएका छन्।

Ncell
Extreme Energy

अर्थमन्त्री वाग्लेले बजेटले दिएका सुविधा, लगानीका क्रममा कम्पनीहरूले भोगिरहेका समस्या, थप लगानी विस्तार, रोजगारी सिर्जना तथा लगानीको प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणबारे प्रतिनिधिहरूसँग छलफल गरिरहेका छन् ।

कम्पनीका प्रतिनिधिलाई आफ्ना समस्या, सुझाव तथा सरकारले गर्नुपर्ने सहजीकरणबारे खुलस्त धारणा राख्नुका साथै लिखित विवरणसमेत पेस गर्न आग्रह गरिएको छ ।

यसअघि यही शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा योगदान पुर्‍याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन् ।

यस्तै, उनले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग समेत बजेट कार्यान्वयन र आर्थिक गतिविधिका विषयमा छलफल गरिसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...