नेभिगेशन
समाज

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ । भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।

भारतीय सेनाध्यक्ष सेठले भोलि (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम रहेको छ । शीतल निवासमा हुने विशेष समारोहमा राष्ट्रपतिले मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भ्रमणका क्रममा सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले टुँडिखेलस्थित सैनिक मञ्चमा श्रद्धाञ्जली अर्पण गर्ने तथा नेपाल–भारतबीचको द्विपक्षीय सैन्य सहयोगका विषयमा छलफल गर्ने बताइएको छ ।

Marvel
Extreme Energy

जनरल सेठले ३० जुन २०२६ मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए । भारतको सेनापति बनेपछि सेठको यो पहिलो नेपाल भ्रमण हो। नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा...
प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता...
प्रतितोला १३ हजार ३०० ले बढ्यो सुनको मूल्य

प्रतितोला १३ हजार ३०० ले बढ्यो सुनको मूल्य

हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम थियो ।
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

भर्खरै