नेभिगेशन
समाज

कवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ । नेपाली र नेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ ।

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका श्रीमती, एक छोरी र दुई छोरा छन् । विसं १९९२ साउनमा जन्मेका उनले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गरेका थिए । 
कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो । उनले २०६० सालमा नेपाल भाषा परिषद्वारा ‘जनकवि’को उपाधि पाएका थिए । साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् बनेका थिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्।
वायु सेवा निगमका दुई कर्मचारी किन परे पक्राउ ?

वायु सेवा निगमका दुई कर्मचारी किन परे पक्राउ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्।
गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः  शशांक कोइराला

गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।
जीप सडकबाट २०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

जीप सडकबाट २०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।