नेभिगेशन
मुख्य समाचार

वर्षमानद्वारा रोल्पाको विपत्तिबारे सरकारको ध्यानाकर्षण, राखे पाँच माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् वर्षमान पुन ‘अनन्त’ले पछिल्लो दुई सातामा आफ्नो गृहजिल्ला रोल्पामा बाढीपहिरो र चट्याङका कारण २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले साउन महिनाको पछिल्लो दुई सातामा रोल्पाका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिमा परी ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार साउन २७ गते थवाङ गाउँपालिका–उवा क्षेत्रमा गएको भीषण पहिरोमा १३ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट सुनछहरी गाउँपालिका–सेरममा पहिरोमा परी चार जनाले ज्यान गुमाएका थिए।

Ncell
Extreme Energy

त्यसैगरी साउन ३० गते लुंग्री गाउँपालिकाको धैरेनीमा एक जनाको मृत्यु भएको उनले बताए। अघिल्लो साता सेरममै पहिरोमा परी थप दुई जनाको मृत्यु भएको तथा परिवर्तन गाउँपालिका–पाछावाङमा एक जनाको ज्यान गएको उनले जानकारी दिए। लुंग्री गाउँपालिका–१ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको पनि उनले सदनलाई बताए।

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पुनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले आफूले यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई भेटेरै सरकारको ध्यानाकर्षण गराइसकेको जानकारी पनि दिए।

पुनले विपद्को पूर्वतयारीदेखि खोज, उद्धार र राहतसम्मका सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरे।

उनले सरकारसँग मुख्यतः पाँच माग राखेका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि राज्यका संयन्त्र चुस्त बनाउन, राहत सामग्री तत्काल पुर्‍याउन, सुलिचौर–उवा–थवाङ सडक तत्काल सञ्चालनमा ल्याउन, क्षतिग्रस्त खानेपानी तथा पुललगायतका संरचना पुनर्निर्माण गर्न र पहिरोको दीर्घकालीन जोखिम पहिचानका लागि भौगर्भिक अध्ययन टोली तत्काल पठाउन माग गरेका हुन्।

‘सम्माननीय प्रधानमन्त्रीसँग पनि भेटेर ध्यानाकर्षण गराएको छु। पूर्वतयारीमा सरकारको ध्यान जाओस्। खोजतलास र उद्धारमा संयन्त्रहरू चुस्त बनून्। राहत सामग्री तत्काल पुगोस्,’ पुनले भने।

उनले पहिरोका कारण अवरुद्ध सुलिचौर–उवा–थवाङ सडक तत्काल सुचारु गर्नुपर्नेमा विशेष जोड दिए। सडकसँगै खानेपानी र पुलहरूमा समेत क्षति पुगेकाले ती संरचना छिटो पुनर्स्थापना गर्नुपर्ने उनको भनाइ छ।

रोल्पामा पटक–पटक पहिरो जाने क्षेत्रको दीर्घकालीन जोखिम पहिचान गर्न तत्काल भौगर्भिक अध्ययन टोली पठाउनुपर्ने पुनले बताए। प्रभावित बस्तीको पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मेरो घरको गेटमा गाडी तेर्स्याउने  प्रहरी रहेछन्– गगन थापा

मेरो घरको गेटमा गाडी तेर्स्याउने प्रहरी रहेछन्– गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केही समयअघि आफ्नो घरको गेट अगाडि गाडी तेर्स्याइएको घटनामा प्रहरीकै संलग्नता रहेको बताएका छन् ।
कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकताअनुसार कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन्।
मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोक्नुको साटो यसको स्वरूप झन् विस्तार हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
रास्वपाले सांसदलाई संसद बैठकमा अनुपस्थितिका लागि आवेदन अनिवार्य गर्‍यो

रास्वपाले सांसदलाई संसद बैठकमा अनुपस्थितिका लागि आवेदन अनिवार्य गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदहरूलाई बैठकमा अनुपस्थित हुने वा बैठक छाड्नुपर्ने अवस्थामा आवेदन अनिवार्य गरेको छ।