नेभिगेशन
मुख्य समाचार

खेललाई सौम्य शक्ति मान्ने, तर खेलाडीको हालत आशिष राईको जस्तो हुनु हुँदैन : सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले खेललाई राष्ट्रको ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिका रूपमा लिइए पनि खेलाडीको अवस्था दयनीय हुन नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खेलले नेपाललाई विश्व मञ्चमा जोडिरहेको उल्लेख गर्दै राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारको जिम्मा सरकारले लिनुपर्ने माग गरे।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, 'आज खेललाई विश्वमै ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिको रूपमा मान्न थालिएको छ। खेलले नेपाललाई विश्व मञ्चमा जोडिरहेकै छ। खेल फेरि एआईले होइन, खेलाडीले नै खेल्ने हो। पदक उनीहरूले नै ल्याउने हो।'

Ncell
Extreme Energy

आफ्नो गृहनगर इटहरीका राष्ट्रिय फुटबल खेलाडी आशिष राई २०८१ फागुन ३ गते दशरथ रंगशालामा भएको खेलका क्रममा गम्भीर घाइते भएको उल्लेख गर्दै उनले राईको खुट्टामा ‘मल्टिपल फ्र्याक्चर’ भएको जानकारी दिए।

हाल थाइल्यान्डमा उपचार गराइरहेका राईको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको भन्दै उनले परिवारसमेत विक्षिप्त अवस्थामा रहेको बताए।

'पदक र प्रतिष्ठाका लागि खेलिरहेका खेलाडीको हालत आशिष राईको जस्तो भयो भने के होला?' उनले प्रश्न गरे।

सरकारले राईको उपचारको सम्पूर्ण जिम्मेवारी लिएर खेलाडीलाई राज्यले साथ दिन्छ भन्ने सन्देश दिनुपर्ने उनको माग छ।

'म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु—आशिष राईको उपचारको जिम्मा सरकारले लिएर एउटा सन्देश देओस् र भनियोस्, ‘देशका लागि तिमी खेल, तिम्रो दुःखमा सरकार अघि सर्छ,' उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

प्रधानमन्त्री बालेन शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।
मेरो घरको गेटमा गाडी तेर्स्याउने  प्रहरी रहेछन्– गगन थापा

मेरो घरको गेटमा गाडी तेर्स्याउने प्रहरी रहेछन्– गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केही समयअघि आफ्नो घरको गेट अगाडि गाडी तेर्स्याइएको घटनामा प्रहरीकै संलग्नता रहेको बताएका छन् ।
कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकताअनुसार कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन्।
मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोक्नुको साटो यसको स्वरूप झन् विस्तार हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।