नेभिगेशन
मुख्य समाचार

पहिचान खुल्यो खानीखाेला दुर्घटनाका मृतक र घाइतेको

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा बा १८ च २४२ नम्बरको बोलेरो सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। बोलेरोमा चालकसहित ११ जना सवार रहेको बताइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा खानीखोला गाउँपालिका–२ की अन्दाजी २४ वर्षीया अनिता मोक्तान र खानीखोला गाउँपालिका–४ का अन्दाजी ६१ वर्षीय कलकबहादुर माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

दुर्घटनामा घाइते भएका चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइएको छ। घाइतेमध्ये सूर्यविनायक नगरपालिका–८, भक्तपुरका अन्दाजी २५ वर्षीय राहुल र चौतारा साँगाचोकगढी नगरपालिका–९, सिन्धुपाल्चोकका अन्दाजी ५७ वर्षीय भलपति ढकालको अवस्था गम्भीर रहेको छ।

त्यस्तै, खानीखोला गाउँपालिका–३ का अन्दाजी २४ वर्षीय प्रदीप जर्घामगर र खानीखोला गाउँपालिका–५ का अन्दाजी ४८ वर्षीय बहुतमान रुम्बाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बोलेरोका चालक सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी २८ वर्षीय यसबहादुर तामाङ सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

प्रधानमन्त्री बालेन शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।
मेरो घरको गेटमा गाडी तेर्स्याउने  प्रहरी रहेछन्– गगन थापा

मेरो घरको गेटमा गाडी तेर्स्याउने प्रहरी रहेछन्– गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केही समयअघि आफ्नो घरको गेट अगाडि गाडी तेर्स्याइएको घटनामा प्रहरीकै संलग्नता रहेको बताएका छन् ।
कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकताअनुसार कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन्।
मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोक्नुको साटो यसको स्वरूप झन् विस्तार हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।