नेभिगेशन
मुख्य समाचार

रास्वपाले सांसदलाई संसद बैठकमा अनुपस्थितिका लागि आवेदन अनिवार्य गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदहरूलाई बैठकमा अनुपस्थित हुने वा बैठक छाड्नुपर्ने अवस्थामा आवेदन अनिवार्य गरेको छ।

रास्वपाले सांसदहरूलाई पठाएको निर्देशनअनुसार कारणवश संसद बैठकमा उपस्थित हुन नसकेमा, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने भएमा, उपस्थित भएर बैठक बीचमै छाड्नुपर्ने भएमा वा बैठकको बीचमा बाहिर गएर पुनः फर्किनुपर्ने भएमा ‘संसद बैठक अनुपस्थित आवेदन’ फारम अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले सांसदहरूलाई पठाएको निर्देशनमा भनिएको छ, ‘कारणवश संसद बैठकमा उपस्थित हुन नसकेमा, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने अवस्थामा, उपस्थित भएर बैठक बीचमै छोड्नुपर्ने भएमा वा बैठकको बीचमा बाहिर गई फर्किनुपर्ने भएमा संसद बैठक अनुपस्थित आवेदन फारम अनिवार्य पेश गर्न निर्देशन गरिन्छ।’

Marvel
Extreme Energy

निर्देशनअनुसार सांसदहरूले यी चार अवस्थामा आवेदन दिनुपर्नेछ :

क. संसद बैठकमा पूरै उपस्थित हुन नसक्ने भएमा।

ख. बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने भएमा।

ग. बैठकमा उपस्थित भएर बीचमै छाड्नुपर्ने भएमा।

घ. बैठकको बीचमा बाहिर गएर पुनः फर्किनुपर्ने भएमा।

रास्वपाले संसद बैठकमा सांसदहरूको उपस्थिति र सहभागितालाई थप व्यवस्थित बनाउन यस्तो व्यवस्था गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...