नेभिगेशन
मुख्य समाचार

मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोक्नुको साटो यसको स्वरूप झन् विस्तार हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै परियारले मानव बेचबिखनजस्तो अमानवीय र राष्ट्रिय लज्जाको विषयलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए। विभिन्न प्रतिवेदनअनुसार प्रत्येक वर्ष १५ हजारभन्दा बढी नेपाली महिला, बालबालिका र युवा बेचबिखन तथा आधुनिक दासताको सिकार भइरहेको भन्दै उनले सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“हिजोसम्म भारतका कोठीमा सीमित यो अपराध आज वैदेशिक रोजगारी, अध्ययन भिसा र सामाजिक सञ्जालको दुरुपयोग गर्दै खाडी, अफ्रिका र एसियाका साइबर स्क्याम सेन्टरसम्म फैलिएको छ,” उनले भने, “यो अपराधको स्वरूप परिवर्तन हाम्रो सुरक्षा प्रणालीका लागि ठूलो चुनौती पनि हो।”

Ncell
Extreme Energy

गरिबी, बेरोजगारी, आवश्यक सूचनाको कमी, खुला सिमाना, फितलो अनुगमन, दलालको बदलिँदो शैली र पहुँचका आधारमा अपराधीलाई संरक्षण दिने प्रवृत्तिका कारण मानव बेचबिखनमा कमी आउन नसकेको परियारले बताए।

उनले मानव बेचबिखन नियन्त्रणका लागि सिमानामा कडाइ गर्न, पीडितलाई छिटो न्याय र क्षतिपूर्ति उपलब्ध गराउन तथा दलाललाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरे।

त्यस्तै, मानव बेचबिखनमा संलग्न मुलुकमा कूटनीतिक पहल बढाउन र श्रम गन्तव्य मुलुकसँग आवश्यक सम्झौता गरी उद्धार संयन्त्रलाई बलियो बनाउनुपर्ने उनको सुझाव छ।

स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्नुका साथै उद्धार गरिएका पीडितको दीर्घकालीन पुनःस्थापना गर्न सके मानव बेचबिखन नियन्त्रणको दिगो समाधान निकाल्न सकिने परियारले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

प्रधानमन्त्री बालेन शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।
मेरो घरको गेटमा गाडी तेर्स्याउने  प्रहरी रहेछन्– गगन थापा

मेरो घरको गेटमा गाडी तेर्स्याउने प्रहरी रहेछन्– गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केही समयअघि आफ्नो घरको गेट अगाडि गाडी तेर्स्याइएको घटनामा प्रहरीकै संलग्नता रहेको बताएका छन् ।
कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकताअनुसार कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन्।
रास्वपाले सांसदलाई संसद बैठकमा अनुपस्थितिका लागि आवेदन अनिवार्य गर्‍यो

रास्वपाले सांसदलाई संसद बैठकमा अनुपस्थितिका लागि आवेदन अनिवार्य गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदहरूलाई बैठकमा अनुपस्थित हुने वा बैठक छाड्नुपर्ने अवस्थामा आवेदन अनिवार्य गरेको छ।