नेभिगेशन
मुख्य समाचार

मेरो घरको गेटमा गाडी तेर्स्याउने प्रहरी रहेछन्– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केही समयअघि आफ्नो घरको गेटअगाडि गाडी तेर्स्याइएको घटनामा प्रहरीकै संलग्नता रहेको बताएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा थापाले आफू बस्ने घरमा भएको घटनाको प्रसंग उल्लेख गर्दै गेट अगाडि गाडी ल्याएर तेर्स्याउने व्यक्ति प्रहरी रहेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार घरको गेटमा गाडी छाडिएपछि परिवारका सदस्यहरूले त्यसबारे बुझ्ने क्रममा उक्त गाडी प्रहरी कर्मचारीले चलाएर ल्याएको खुलेको थियो।

Ncell
Extreme Energy

‘मेरो परिवारका सदस्यहरू गाडी कसले छोडेको हो भनेर बुझ्न जाँदा चलाएर ल्याउने व्यक्ति प्रहरी भएको थाहा भयो,’ थापाले भने।

थापाले उक्त घटनाबारे आफूले केही समयपछि मात्र सार्वजनिक रूपमा बोल्न आवश्यक ठानेको बताए। 

सभापति थापाले सरकारले आलोचना, प्रश्न र निन्दाबीचको भिन्नता छुट्याउन नसकेको टिप्पणी पनि गरेका छन् ।

थापाले सार्वजनिक संस्थाहरू नाफामा गएको दाबी सरकारले सार्वजनिक गरेपछि आफूले दिएको सुझाव र रचनात्मक आलोचनालाई समेत निन्दाका रूपमा बुझिएको बताएका हुन्।

सरकारले सञ्चालन गरेका सार्वजनिक संस्थाहरू नाफामा जान थालेको भन्दै प्रचार गर्न थालेपछि आफूले त्यसबारे प्रश्न उठाएको उनले बताए। संसद्मा समेत आफूले राखेको धारणालाई लिएर हंगामा भएको थापाको भनाइ थियो।

‘सरकारले सञ्चालन गरेका सार्वजनिक संस्थाहरू नाफामा जान थालेको भन्ने भनियो। नाफामा गएको छैन है भनेर मैले भनेँ। संसद्मा पनि हंगामा भयो। कतिपय सांसदहरूको मैले हेरेँ, पढेँ,’ थापाले भने, ‘व्यापक रूपमा गालीगलौज छ। यत्रो नाफामा संस्था लिएर जान लागेको बेलामा तँलाई टाउको दुख्यो। पार्लियामेन्टमा पनि हंगामा भयो।’

आफूले सार्वजनिक संस्थाहरूको अवस्थाबारे राखेको धारणा निन्दा नभई आलोचना, प्रश्न, विवेचना र सुझाव भएको थापाले स्पष्ट पारे।

‘सरकारले आलोचना के हो, प्रश्न के हो र निन्दा के हो भन्ने कुराको फरक छुट्याउन सकेको छैन। त्यो मेरो आलोचना थियो, त्यो मेरो प्रश्न थियो, त्यो मेरो विवेचना थियो। त्यो मेरो सुझाव थियो। निन्दा थिएन,’ उनले भने।

सार्वजनिक संस्था नाफामा गएको दाबीलाई संस्थाको वास्तविक सञ्चालन संरचनासँग जोडेर हेर्नुपर्ने पनि थापाले बताए। प्रतिलिटर ११० रुपैयाँमा दूध खरिद गरेर १०० रुपैयाँमा बिक्री गर्ने संरचना कायम रहेसम्म त्यस्तो सार्वजनिक संस्था नाफामा जान नसक्ने उनको तर्क छ।

‘त्यो मैले पनि सक्दिनँ, प्रधानमन्त्रीले पनि सक्नुहुन्नँ। मैले दोष दिएको होइन,’ उनले भने।

थापाले आफूले सार्वजनिक संस्थाको आलोचना गर्दा त्यसको व्यवस्थापन वा सरकारलाई दोष लगाउने उद्देश्य नभएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
महाधिवेशनसँगै समायोजन सकियो, अब एउटा रास्वपा एउटा घण्टी– रवि लामिछाने

महाधिवेशनसँगै समायोजन सकियो, अब एउटा रास्वपा एउटा घण्टी– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाधिवेशनको समाप्तीसँगै समायोजनको सम्पूर्ण काम सकिएको बताएका छन् ।
‘कसैले तपाईं नै स्थानीय तहको उम्मेदवार हो भनेको छ भने आजैबाट खारेज भयो’

‘कसैले तपाईं नै स्थानीय तहको उम्मेदवार हो भनेको छ भने आजैबाट खारेज भयो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्यान्डिेट क्लबमा आवेदन नदिई, त्यहाँबाट छनोटमा नपरी कोही पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न नसक्ने बताएका छन् ।
भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

प्रधानमन्त्री बालेन शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।
कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकताअनुसार कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन्।