नेभिगेशन
मुख्य समाचार

‘कसैले तपाईं नै स्थानीय तहको उम्मेदवार हो भनेको छ भने आजैबाट खारेज भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्यान्डिेट क्लबमा आवेदन नदिई, त्यहाँबाट छनोटमा नपरी कोही पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न नसक्ने बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा क्यान्डिडेट क्लबको घोषणा गर्दै सभापति लामिछानेले कसैले तपाईं नै उम्मेदवार हो भनेर आश्वासन दिएको छ भने त्यसको भर नपर्ने भनेका हुन् ।

‘पार्टीका साथीहरूलाई सन्देश पनि होस् । कतिपय ठाउँमा उम्मेदवार तपाईं हो है अब । यसपटकको मेयरसाप तपाईं । कहिलेकाहीँ चर्चा गरेको, ताली खाएको, कहिलेकाहीँ माला नै लगाएको, हो कि क्या हो भनेको जस्तो पनि मैले पाएको छु,’ उनले भने, ‘सभा, कार्यक्रममा बसेर, बिना आधार, बिना कारण, बिना निर्णय, आफ्नो मर्जीले उम्मेदवार तपाईं नै हो भनेर जसजसले जहाँजहाँ भन्नुभएको छ, दिनुभएको छ, उपहार दिनुभएको छ । आजको दिनबाट ती सबै खारेज भएको जानकारी दिन चाहन्छु । क्यान्डिडेट क्लबमा उम्मेदवारी बिना तपाईं उम्मेदवार बन्न सक्नुहुन्न ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यसअघिको निर्वाचनमा पनि क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी, प्राइमरी इलेक्सन आदि विधि अंगीकार गर्न खोजिए पनि विशेष चुनाव, समायोजन आदि कारणले प्रभावकारी रूपमा लागू हुन नसकेको बताए ।

Ncell
Extreme Energy

‘अब तपाईंलाई लाग्ला, पहिले पनि यसै भन्नुभएको थियो, चुनाव अगाडि, भद्रगोल गर्‍यौ। सबै खल्तीबाट ल्यायौ । सबै आफ्ना मान्छे ल्यायौ । क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी, प्राइमरी इलेक्सन भनेका थियौ, खै त्यो कहाँ गयो गयो भन्ने तपाईंलाई लाग्ला । विशेष परिस्थितिमा गरिएको विशेष निर्णय, विशेष निर्वाचन, समायोजन आदि कारणले गर्दा हामीले त्यतिखेर गर्न पाएनौं, यसको अर्थ सधैं गरिँदैन भन्ने होइ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
महाधिवेशनसँगै समायोजन सकियो, अब एउटा रास्वपा एउटा घण्टी– रवि लामिछाने

महाधिवेशनसँगै समायोजन सकियो, अब एउटा रास्वपा एउटा घण्टी– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाधिवेशनको समाप्तीसँगै समायोजनको सम्पूर्ण काम सकिएको बताएका छन् ।
भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

प्रधानमन्त्री बालेन शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।
मेरो घरको गेटमा गाडी तेर्स्याउने  प्रहरी रहेछन्– गगन थापा

मेरो घरको गेटमा गाडी तेर्स्याउने प्रहरी रहेछन्– गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केही समयअघि आफ्नो घरको गेट अगाडि गाडी तेर्स्याइएको घटनामा प्रहरीकै संलग्नता रहेको बताएका छन् ।
कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकताअनुसार कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन्।