नेभिगेशन
बजार

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री, अभाव बिस्तारै सहज हुँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री भएको छ ।

नेपाल आयल निगमका अनुसार भदौ १ गते ग्यास उद्योगीहरूले उपलब्ध गराएको बिक्री विवरणअनुसार देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्री वितरण भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निगमका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री वितरण भएको छ । त्यस्तै, उपत्यकाबाहेक अन्य जिल्लाहरूमा  ७५ हजार १५८ सिलिन्डर  ग्यास बिक्री वितरण गरिएको छ ।

Ncell
Extreme Energy

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै सबैभन्दा धेरै ग्यास बिक्री वितरण भएको निगमले जनाएको छ । पछिल्ला दिनहरूको तुलनामा आज ग्यासको बिक्री तथा वितरणमा उल्लेख्य वृद्धि भएको हो ।

पछिल्ला दिनमा बजारमा देखिएको ग्यास अभावसमेत क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमका निर्देशक  विनीतमणि उपाध्यायले जानकारी दिए ।

निगमका अनुसार आपूर्ति तथा वितरणमा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव पनि क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
मन्त्री हुँदा गरेको वाचा पूरा गरिन् प्रतिभा रावलले, ओली, देउवा र प्रचण्डले १० वर्षसम्म नसकेको काम फत्ते

मन्त्री हुँदा गरेको वाचा पूरा गरिन् प्रतिभा रावलले, ओली, देउवा र प्रचण्डले १० वर्षसम्म नसकेको काम फत्ते

मन्त्री बनेको चार महिनामा रावलले यो समस्या समाधान गरेर आफ्नो वाचा पूरा गरेकी छिन् ।
बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । यस्तै, २० मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन् ।