नेभिगेशन
मुख्य समाचार

जुरिखेतमा स्कारपियो ६० मिटर तल खस्दा न्यायाधीशसहित ६ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा स्कारपियो सडकबाट करिब ६० मिटर तल खस्दा जिल्ला अदालत पर्साका मुख्य न्यायाधीशसहित छ जना घाइते भएका छन्।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो आज बिहान अनियन्त्रित भई सडकबाट तल खोल्सामा खसेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, रिता बडु र चालक छुनिलाल चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

Ncell
Extreme Energy

घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था मध्यम रहेको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। स्कारपियोमा दुई महिला र चार पुरुष सवार रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्रीले माने सभामुखको रुलिङ, दुई भिभीआईपीबीच यस्तो भयो सल्लाह

प्रधानमन्त्रीले माने सभामुखको रुलिङ, दुई भिभीआईपीबीच यस्तो भयो सल्लाह

प्रधानमन्त्री वालेन्द्र शाहले सदनबाट आएको रुलिङ स्वीकार गरेका छन् ।
सभामुख र उपसभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न

सभामुख र उपसभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचित भएपछि सभामुख र उपसभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
मकवानपुरमा स्कुटर नालामा खस्दा २५ वर्षीय युवकको मृत्यु

मकवानपुरमा स्कुटर नालामा खस्दा २५ वर्षीय युवकको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन्...

भर्खरै