नेभिगेशन
मुख्य समाचार

मकवानपुरमा स्कुटर नालामा खस्दा २५ वर्षीय युवकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

कान्तिलोकपथ सडकखण्डअन्तर्गत मत्स्यपालन केन्द्र नजिक आज बिहान करिब ५ः३५ बजे मधेश प्रदेश ०३–०२८ प ९७८९ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकछेउको नालामा खसेको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा स्कुटर चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ घर भई चौघडामा बस्दै आएका आवास रञ्जितकारको मृत्यु भएको हो । करिब २५÷२६ वर्षीय रञ्जितकारलाई प्रहरीले घटनास्थलमै मृत अवस्थामा फेला पारेको बताएको छ ।

Ncell
Extreme Energy

स्थानीय बासिन्दा बिहान मर्निङवाकमा निस्किएका बेला दुर्घटना देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्ट्रोलमा खबर गरेका थिए । त्यसलगत्तै प्रहरी चौकी सानोपोखराबाट टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली पुगेर घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्रीले माने सभामुखको रुलिङ, दुई भिभीआईपीबीच यस्तो भयो सल्लाह

प्रधानमन्त्रीले माने सभामुखको रुलिङ, दुई भिभीआईपीबीच यस्तो भयो सल्लाह

प्रधानमन्त्री वालेन्द्र शाहले सदनबाट आएको रुलिङ स्वीकार गरेका छन् ।
सभामुख र उपसभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न

सभामुख र उपसभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचित भएपछि सभामुख र उपसभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन्...
जुरिखेतमा स्कारपियो ६० मिटर तल खस्दा न्यायाधीशसहित ६ जना घाइते

जुरिखेतमा स्कारपियो ६० मिटर तल खस्दा न्यायाधीशसहित ६ जना घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा स्कारपियो सडकबाट करिब ६० मिटर तल खस्दा जिल्ला अदालत पर्साका मुख्य न्यायाधीशसहित छ जना घाइते भएका छन्।

भर्खरै