नेभिगेशन
मुख्य समाचार

सभामुख र उपसभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचित भएपछि सभामुख र उपसभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले संविधानले सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गरेका छन् । सभामुखको भूमिकाका विषयमा यसअघि पनि प्रश्न उठेको भन्दै उनले पछिल्लो समय सभामुखले आफ्नो भूमिकामा सुधार गर्न खोजेको देखिएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर उपसभामुखको भूमिकामा समेत समस्या देखिएको पोखरेलको टिप्पणी छ । उनले उपसभामुख राष्ट्रिय श्रम संस्कृति पार्टीबाट समानुपातिक कोटामा निर्वाचित सांसद रहेको उल्लेख गर्दै पदमा निर्वाचित भएपछि दलगत आबद्धताभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

Marvel
Extreme Energy

‘उपसभामुखले आफ्नो दलप्रति निरपेक्ष हुने नाममा सत्तापक्षको पक्षपोषण गर्नु संवैधानिक व्यवस्था र संसदीय प्रणालीको मर्ममाथिकै प्रहार हो,’ पोखरेलले भनेका छन् ।

उनले पदीय मर्यादा र संविधानको भावनाअनुसार उपसभामुखको आचरणमा अझै सुधार आवश्यक रहेको बताएका छन् । अनुभवको कमीका कारण यस्तो अवस्था आएको हुन सक्ने भन्दै पोखरेलले उपसभामुखको भूमिकामा सुधार आउनुपर्ने धारणा राखेका छन् ।

‘पदीय मर्यादा र संविधानको भावना अनुरुपको आचरणमा उपसभामुखको ध्यान अनुभवको कमीले हुनसक्छ, पुगेको देखिँदैन । यस विषयमा उहाँमा पनि सुधार आउनु जरुरी देखिन्छ,’ उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...