नेभिगेशन
समाज

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ । मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरिएको छ । 

निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस  विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् । आयोगले बेला बेलामा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमितरूपमा मतदाता नामावली अद्यावधिकको कार्य गर्दै आइरहेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ ।  मतदाता नामावलीलाई अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताको आधार हो । विज्ञप्तिमा भनिएको छ ।  गत फागुन २१ गतेको निर्वाचन पछि गत चैत २२ गतेबाट मतदाता नामावली सङ्कलन तथ अद्यावधिक कार्य सञ्चालन हुँदै आएको छ ।

Ncell
Extreme Energy

राष्ट्रिय परिचयपत्र भएकाले सोको आधारमा मतदाता नामावलीमा अनलाइन प्रणालीमार्फत नाम दर्ता गर्न सक्ने प्रावधान छ । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्छ ।

मतदाता नामावलीमा नाम, थर तथा ठेगाना सच्याउने, एउटै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको अवस्थामा मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभएमा नागरिकताअनुसार सच्याउने तथा दोहोरो नाम हटाउनेलगायतका काम अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब पाउने छन् ।
रास्वपा केन्द्रीय समितिको बैठक भदौ ५ गते

रास्वपा केन्द्रीय समितिको बैठक भदौ ५ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भदौ ५ गते बस्ने भएको छ ।
सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ...
ओली हटाउन पुनर्गठन पक्षले थालेको दुई तयारी

ओली हटाउन पुनर्गठन पक्षले थालेको दुई तयारी

बानेश्वरमा बसेको बैठकमा सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, आनन्द पोखरेल, कृष्णप्रसाद दाहाल, वैजनाथ चौधरी, पुरूषोत्तम पौडेल, माधव अर्याल, सोम मिश्र, अरबिन्द सिंह, उषाकिरण तिमिल्सिना, नवराज सिलवाल, तपेन्द्रजंग शाही लगायत...