नेभिगेशन
समाज

अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

काठमाडौँ । अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब पाउने छन् ।

महालेखा नियन्त्रक कार्यालयले कर्मचारीको तलबभत्ता अर्धमासिक रुपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गरी सङ्घीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई हरेक १५ दिन पुगेपछि अर्धमासिक रुपमा तलबभत्ता भुक्तानी गर्न पत्राचार भएको हो ।

Ncell
Extreme Energy

अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शन अनुसार  सङ्घीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले १५ दिन काम गरिसकेपछि तलबभत्ता उपलब्ध गराउन अनुरोध भएको छ ।

पत्रमा बजेट वक्तव्य २०८३–८४ अनुसारको कर्मचारी प्रोत्साहन भत्तासमेत भुक्तानी गर्नु गराउन एवं कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्य क्षेत्रभित्रका सङ्घीय सरकारी निकायबाट माथि उल्लेख भए बमोजिम भुक्तानीको लागि निकासा माग भई आएमा सोहीअनुसार भुक्तानी गर्न पनि अनुरोध भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मुस्लिम समुदायका अगुवाहरूसँग भेटवार्ता गरेका छन् ।
ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन् ।
रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल

रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढीपहिरोका कारण भइरहेको मानवीय क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने राज्यको जिम्मेवारी रहेको बताएकी...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।