नेभिगेशन
मुख्य समाचार

जुरीखेत स्कारपियो दुर्घटनामा एक जनाको मृत्यु, यी हुन् पाँच घाइते

हेटौँडा  । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीशसहित पाँच जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा स्कारपियोमा सवार सबै छ जना घाइते भएका थिए । उनीहरूलाई उद्धार गरी भीमफेदी अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट चालक छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुलाई बिहान ९ बजे थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो ।

Ncell
Extreme Energy

बाँकी चार जनालाई नेपाली सेनाको हेडक्वार्टरमार्फत बिहान ९ः१५ बजे उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको थियो । छाउनी अस्पतालमा उपचाररत ४९ वर्षीया लक्ष्मी बडुको बिहान १०ः२९ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र छाउनी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

त्यस्तै रजिष्ट्रार ५१ वर्षीय तारादत्त बडुको अवस्था मध्यम रहेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बडुकी श्रीमती लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको हो ।

बडुका २५ वर्षीय छोरा रितेन्द्र बडुको अवस्था मध्यम रहेको छ भने ३१ वर्षीया छोरी रिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवैको छाउनी अस्पतालमा उपचार भइरहेको छ ।

स्कर्पियो चालक दाङको राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरीको अवस्था पनि मध्यम रहेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहेको र सडकमा यातायात भने सुचारु रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मुस्लिम समुदायका अगुवाहरूसँग भेटवार्ता गरेका छन् ।
ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन् ।
रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल

रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढीपहिरोका कारण भइरहेको मानवीय क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने राज्यको जिम्मेवारी रहेको बताएकी...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।