नेभिगेशन
मुख्य समाचार

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

काठमाडौं  । नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन् ।

मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–ईयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद दिँदै मन्त्रालय सहयोगी, सक्रिय र उत्तरदायी रहेको बताइन् । उनले परराष्ट्रमन्त्री खनालको नेतृत्व र मार्गदर्शनप्रति पनि खुसी व्यक्त गरिन् ।

Ncell
Extreme Energy

मन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन, इमानदारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल र परराष्ट्र मन्त्रालयप्रति उनले देखाएको सहयोगको प्रशंसा गरे ।

राजदूत लोरेन्जोले ईयू नेपालसँग हिमाल तथा पानीसम्बन्धी एजेन्डामा सहकार्य गर्न इच्छुक रहेको बताइन् । जवाफमा मन्त्री खनालले हिमालसम्बन्धी विषय नेपाल सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सगरमाथा संवादको दोस्रो संस्करण आगामी वर्ष आयोजना हुने जानकारी दिए ।

भेटमा सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनका विषयमा पनि छलफल भएको थियो । राजदूत लोरेन्जोले यस क्षेत्रमा ईयू नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएकी थिइन् ।

मन्त्री खनालले ईयूको प्रस्तावको स्वागत गर्दै थप अध्ययन तथा विचारका लागि विस्तृत जानकारी उपलब्ध गराउन आग्रह गरे । सुरक्षित र मर्यादित आप्रवासन नेपालका लागि प्राथमिकताको विषय रहेको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपाली डायस्पोराको संरक्षणप्रति सरकार गम्भीर रहेको बताए ।

‘विदेशमा रहेका नेपाली डायस्पोराको संरक्षणप्रति सरकार गम्भीर छ,’ मन्त्री खनालले भने ।

नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने प्रक्रियामा देखिएको स्थगनका विषयमा पनि भेटमा छलफल भएको थियो । राजदूत लोरेन्जोले नेपालले ठोस कार्ययोजना र आवश्यक विवरण प्रस्तुत गरेपछि ईयूले सहयोग गर्ने बताइन् ।

त्यस अवसरमा नेपाली कला, संस्कृति तथा सभ्यताको प्रवर्द्धन, खुलापन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा पनि छलफल भएको थियो । राजदूत लोरेन्जोले नेवा कला प्रदर्शनीसम्बन्धी कार्यक्रमका लागि परराष्ट्र मन्त्रालयको सहयोगका लागि आग्रह गरेकी थिइन् ।

मन्त्री खनालले नेपालको सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सरकारको निरन्तर सहयोग र प्रतिबद्धता रहने बताए ।

भेटको अन्त्यमा मन्त्री खनालले नेपाल–ईयू सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लोरेन्जोले गरेको योगदान र प्रयासका लागि धन्यवाद दिँदै उनको आगामी कार्यकाल तथा भविष्यका प्रयासका लागि शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मुस्लिम समुदायका अगुवाहरूसँग भेटवार्ता गरेका छन् ।
रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल

रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढीपहिरोका कारण भइरहेको मानवीय क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने राज्यको जिम्मेवारी रहेको बताएकी...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
जुरीखेत स्कारपियो दुर्घटनामा एक जनाको मृत्यु, यी हुन् पाँच घाइते

जुरीखेत स्कारपियो दुर्घटनामा एक जनाको मृत्यु, यी हुन् पाँच घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीशसहित पाँच जना घाइते भएका छन् ।