नेभिगेशन
मुख्य समाचार

श्रम ऐन र सुरक्षा मापदण्ड पालनामा विभागको सक्रियता, एक करोड ४० लाख असुली

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले साउन महिनामा श्रमिकको अधिकार संरक्षण, बालश्रम नियन्त्रण, श्रम विवाद समाधान तथा श्रमिकको पारिश्रमिक भुक्तानीमा सक्रियता देखाएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको विभाग र मातहतका कार्यालयको साउन महिनाको सुशासन कार्यसम्पादन सूचकाङ्क तथा प्रगति विवरणअनुसार उक्त अवधिमा श्रमिकलाई एक करोड ४० लाख ५२ हजार ८१५ रुपैयाँ बराबरको पारिश्रमिक भुक्तानी गराइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार श्रमिकबाट परेको निवेदन तथा मुद्दाका आधारमा प्रतिष्ठान र श्रमिकबीचको आपसी सहमतिबाट ७२ लाख ७१ हजार ९२७ रुपैयाँ भुक्तानी गराइएको हो । विभिन्न शीर्षकमा दण्ड, जरिवाना तथा क्षतिपूर्तिबापत ७१ लाख ३५ हजार ३७१ रुपैयाँ असुली गर्ने निर्णयसमेत गरिएको छ ।

Ncell
Extreme Energy

बालश्रम उन्मूलनका लागि विभागले अनुगमनलाई पनि तीव्रता दिएको छ । साउनमा देशभर ३७१ वटा बालश्रमसम्बन्धी निरीक्षण गरिएको विभागले जनाएको छ । बालश्रम गराएको पाइएका विभिन्न प्रतिष्ठान तथा व्यक्तिलाई दुई लाख २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै, श्रम ऐन तथा व्यवसायजन्य सुरक्षा मापदण्डको पालना भए–नभएको सम्बन्धमा देशभर ३७१ वटा प्रतिष्ठान र १४२ वटा ब्वायलरको निरीक्षण गरिएको छ । सो अवधिमा २१ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको समेत निरीक्षण गरिएको विभागले जनाएको छ ।

साउनमा श्रमिकका तर्फबाट ३०० वटा व्यक्तिगत दाबी उजुरी र २६ वटा सामूहिक दाबी उजुरी दर्ता भएका थिए । तीमध्ये ८१ वटा श्रम विवाद आपसी समझदारी तथा कानुनी प्रक्रियामार्फत समाधान गरिएको विभागले जनाएको छ ।

यसै अवधिमा एउटा औद्योगिक दुर्घटना दर्ता भएको र उक्त दुर्घटनामा एक श्रमिकको मृत्यु भएको विभागको प्रगति विवरणमा उल्लेख छ ।

विभागले सेवा प्रवाहलाई थप मर्यादित, पारदर्शी र जनमुखी बनाउन विभिन्न सुशासनका सूचकाङ्क लागू गरेको जनाएको छ । गुनासो व्यवस्थापनअन्तर्गत सेवाग्राहीलाई ‘पहिले आउनेलाई पहिले सेवा’ को आधारमा छिटोछरितो सेवा प्रदान गर्ने गरिएको विभागको भनाइ छ ।

त्यसैगरी सेवाग्राहीसँग शिष्ट र मर्यादित व्यवहार गर्ने, कार्यालयमा उजुरी पेटिका राखेर नियमित निरीक्षण गर्ने, मासिक छलफल आयोजना गर्ने तथा गुनासो सुन्न प्रभावकारी जनसम्पर्क गर्ने कार्यलाई समेत प्राथमिकता दिइएको विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने एमालेको निर्णय

बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने एमालेको निर्णय

नेकपा एमालेले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य किरण थापालाई अघि सार्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।
विद्युत् वितरण प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेको छ : ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् वितरण प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादन वृद्धि मात्रै नभई प्रसारण तथा वितरण प्रणालीको क्षमता, गुणस्तर र विश्वसनीयता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...

भर्खरै