नेभिगेशन
मुख्य समाचार

बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य किरण थापालाई अघि सार्ने निर्णय गरेको छ ।

केहीबेरअघि बसेको एमाले संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको प्रदेश सभा सदस्य केशपप्रसाद पोखरेलले जानकारी दिए ।
‘बिहान ११ बजे भने पनि केही ढिला बैठक बस्यो । बैठकले दल नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने र मुख्यमन्त्रीमा किरण माननीयलाई अघि सार्ने निर्णय गरेको छ,’ उनले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमतीको मुख्यमन्त्रीका लागि एमालेभित्रै नेताहरूबीच तीव्र प्रतिस्पर्धा र विवाद भइरहेका बेला संसदीय दलको बैठकले थापाको नाम टुंगो लगाएको हो । एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारको भागबण्डामा बागमतीको नेतृत्व एमालेको भागमा परेको थियो ।

Ncell
Extreme Energy

मुख्यमन्त्री आफ्नो भागमा परेपछि एमालेभित्र कसलाई सरकारको नेतृत्वमा पठाउने भन्ने विषयमा थपलिया र थापाबीच प्रतिस्पर्धा चलेको थियो । विवाद बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत नेताहरूसँग निरन्तर छलफल गरेका थिए ।

भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य थापालाई मुख्यमन्त्रीमा अघि सारिएसँगै अन्य दलसँग सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन वार्ता गर्ने जिम्मेवारीसमेत दिइएको छ ।

थापाको संयोजकत्वमा अन्य दलसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा थापासहित भरतबहादुर केसी, केशव पोखरेल, भारती पाठक र डा. दिनेशचन्द्र देवकोटा रहेका छन् ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का २६ र एमालेका २५ सांसद छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

एमाले र नेकपा मिल्दा ५१ सांसद पुग्छन् । सरकार गठनका लागि आवश्यक बहुमतभन्दा दुई सांसद कम हुने भएकाले एमाले–नेकपा गठबन्धनलाई सरकार गठनका लागि साना दलको समर्थन आवश्यक पर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सुधारका विषयमा पूर्व आयुक्तसँग आयोगले गर्‍यो छलफल

निर्वाचन सुधारका विषयमा पूर्व आयुक्तसँग आयोगले गर्‍यो छलफल

निर्वाचन आयोगले पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व निर्वाचन आयुक्तहरूसँग निर्वाचन व्यवस्थापन र सुधारका विषयमा छलफल गरेको छ ।
प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।
विद्युत् वितरण प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेको छ : ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् वितरण प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादन वृद्धि मात्रै नभई प्रसारण तथा वितरण प्रणालीको क्षमता, गुणस्तर र विश्वसनीयता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
श्रम ऐन र सुरक्षा मापदण्ड पालनामा विभागको सक्रियता, एक करोड ४० लाख असुली

श्रम ऐन र सुरक्षा मापदण्ड पालनामा विभागको सक्रियता, एक करोड ४० लाख असुली

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले साउन महिनामा श्रमिकको अधिकार संरक्षण, बालश्रम नियन्त्रण, श्रम विवाद समाधान तथा श्रमिकको पारिश्रमिक भुक्तानीमा सक्रियता देखाएको छ।

भर्खरै