नेभिगेशन
मुख्य समाचार

निर्वाचन सुधारका विषयमा पूर्वआयुक्तसँग आयोगले गर्‍यो छलफल

काठमाडौं। निर्वाचन आयोगले पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व निर्वाचन आयुक्तहरूसँग निर्वाचन व्यवस्थापन र सुधारका विषयमा छलफल गरेको छ ।

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूले पदभार ग्रहण गरेपछि आयोगले अघि बढाएका सुधारका योजनामा पृष्ठपोषण लिने उद्देश्यले मंगलबार छलफल आयोजना गरिएको आयोगले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्राविधिक तथा व्यवस्थापकीय पक्षमा आवश्यक सुधारका विषयमा विमर्श भएको थियो ।

Ncell
Extreme Energy

पूर्व प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूले आयोगको नयाँ नेतृत्वलाई शुभकामना दिँदै निर्वाचन व्यवस्थापनमा देखिएका पछिल्ला चुनौती सम्बोधन गर्न विधि र पद्धतिमा समयसापेक्ष सुधार आवश्यक रहेको बताएका थिए ।

उनीहरूले निर्वाचनका सरोकारवालासँग निरन्तर संवाद, सूचना प्रविधिको अधिकतम उपयोग र पारदर्शी कार्यशैलीलाई प्राथमिकता दिँदै आयोगको संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

छलफल समापन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्न आयोग प्रतिबद्ध रहेको बताए ।

उनले निर्वाचन व्यवस्थापनलाई समयअनुकूल बनाउँदै आवश्यक सुधार अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

छलफलमा वर्तमान निर्वाचन आयुक्तहरू डा. जानकी कुमारी तुलाधर, गुरुप्रसाद वाग्ले, डा. राजीव सुब्बा तथा निमित्त सचिव नारायणप्रसाद भट्टराई सहभागी थिए ।

त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल र नीलकण्ठ उप्रेती तथा पूर्व निर्वाचन आयुक्तहरू प्रा. डा. वीरेन्द्रप्रसाद मिश्र, विश्वमान श्रेष्ठ, जयराम सिंह बोहरा, नरेन्द्र दाहाल र सुधीरकुमार शाहको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
हेटौंडामा खोलाले चार विद्यार्थी बगायो

हेटौंडामा खोलाले चार विद्यार्थी बगायो

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका चार जना विद्यार्थीलाई बगाएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने एमालेको निर्णय

बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने एमालेको निर्णय

नेकपा एमालेले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य किरण थापालाई अघि सार्ने निर्णय गरेको छ ।