नेभिगेशन
मुख्य समाचार

कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।

प्रदेशसभा सचिवालयका अनुसार सभामुख भीमबहादुर भण्डारीले मंगलबार देउवालाई संविधानको धारा १८० को (घ) बमोजिम पदमुक्त गर्ने निर्णय गरेको सूचना अधिकारी ताराकुमारी जाेशीले सिधाकुरालाई जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार कुनै जानकारी नदिई प्रदेशसभा बैठकमा लगातार अनुपस्थित भएपछि सभामुखले उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्। सभामुख भण्डारीले देउवा पदमुक्त भएकाे जानकारी बुधबार सदनलाई गराउनेछन् ।

Marvel
Extreme Energy

देउवा विगत ११ महिनादेखि अमेरिकामा रहेको सचिवालयले जनाएको छ। उनी लगातार २७ वटा प्रदेशसभा बैठकमा अनुपस्थित भएको बताइएको छ।

संविधानको धारा १८० को (घ) अनुसार प्रदेशसभाका कुनै सदस्य सम्बन्धित सभाको स्वीकृति नलिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा निजको पद रिक्त हुने व्यवस्था छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...