नेभिगेशन
मुख्य समाचार

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

काठमाडौं  । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त नेपाल रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदनको अध्ययनका क्रममा भक्तपुरमा गोदाम घर सञ्चालनका लागि गरिएको जग्गा खरिदमा अनियमितता भएको खुलेपछि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सीआईबीका अनुसार २०७३ भदौ २२ गते प्रकाशित सूचनाअनुसार नेपाल रेडक्रस सोसाइटीले भक्तपुर वडा नम्बर ४(क) स्थित कित्ता नम्बर ८६३, ४९६, ४९७ र ५८१ को ५-१३-३-० क्षेत्रफल जग्गा खरिद गरेको थियो ।

Marvel
Extreme Energy

बोलपत्रमा उल्लेखित सर्तविपरीत मध्यस्थकर्ता अर्थात् बिचौलियामार्फत जग्गा खरिद गरी ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ ।

तर, उक्त रकममध्ये एक करोड ९३ लाख ७५० रुपैयाँ मात्र मध्यस्थकर्तामार्फत गएको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ ।

पछि नापी कार्यालय भक्तपुरबाट जग्गाको वास्तविक क्षेत्रफल यकिन गराउँदा फिल्डमा ५-६-२-१ क्षेत्रफल मात्र रहेको पाइएको सीआईबीले जनाएको छ ।

बोलपत्रका सर्त बेवास्ता गरी तत्कालीन पदाधिकारी तथा कर्मचारीले मध्यस्थकर्तामार्फत जग्गा खरिद गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो ।

यस प्रकरणमा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पाँच जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुन्द्रटार–६ स्थायी ठेगाना भई काठमाडौं–२६ बस्दै आएका ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण–५ का ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुर कटारी–३ स्थायी ठेगाना भई भक्तपुर मध्यपुरथिमी–१ बस्दै आएका ७० वर्षीय संजीव थापा र काठमाडौं–१६ बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी छन् ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीले जनाएको छ ।

सीआईबीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाका साथै जग्गा खरिद प्रक्रियामा भएको आर्थिक अनियमितताबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

WhatsApp-Image-2026-08-18-at-19.09.34-1787059693.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...