नेभिगेशन
मुख्य समाचार

रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकमा विभिन्न सांगठनिक पदमा मनोनयनदेखि स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका विषयमा छलफल गर्ने भएको छ ।

पार्टी सभापतिको निर्देशनअनुसार भदौ ५ गते शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित घन्टी घर केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा विभिन्न सात शीर्षकका एजेन्डा राखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने प्रस्ताव पेस हुने भएको छ । त्यस्तै ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा पनि छलफल हुनेछ ।

Ncell
Extreme Energy

रास्वपाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक संरचना विस्तार तथा जिम्मेवारी बाँडफाँटका विषयलाई पनि बैठकको एजेन्डा बनाएको छ ।

बैठकमा केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनसम्बन्धी प्रस्तावमा छलफल हुने महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषय पनि बैठकमा पेस हुनेछ ।

रास्वपाले स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’बारे अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयलाई समेत बैठकको एजेन्डा बनाएको छ । उक्त कार्यक्रम केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने प्रस्ताव छ ।

यसैगरी पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।

बैठकमा दस्तावेज, सांगठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियानसँग सम्बन्धित प्रस्तावमाथि छलफलसँगै विविध विषयमा समेत छलफल हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।
कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
हेटौंडामा खोलाले चार विद्यार्थी बगायो

हेटौंडामा खोलाले चार विद्यार्थी बगायो

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका चार जना विद्यार्थीलाई बगाएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...