नेभिगेशन
मुख्य समाचार

किन बोलाइयो रास्वपा संसदीय दलको बैठकमा मन्त्रीहरूलाई?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको हो। बैठकमा पछिल्ला दिनमा देखिएका समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल हुने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई समेत बोलाइएको छ।

Ncell
Extreme Energy

पछिल्लो समय सदनमा रास्वपा सांसदहरूको प्रस्तुति, संसदीय मर्यादा तथा पार्टीको नीति र अनुशासन पालना लगायतका विषयमा प्रश्न उठिरहेका बेला संसदीय दलको बैठक बस्न लागेको हो।

रास्वपाका केही सांसद सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने, सदनमा विधि र प्रक्रियाको पालना नगर्ने तथा पार्टीको नीति र निर्णयअनुसार नचल्ने जस्ता गतिविधि देखिएको भन्दै बैठकमा त्यसबारे समीक्षा हुने बताइएको छ।

सभापति रवि लामिछानेले बोलाएको बैठकमा सांसदहरूको भूमिका, सरकारसँगको सम्बन्ध तथा पछिल्ला गतिविधिबारे पनि छलफल हुने जनाइएको छ।

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कामकारबाही तथा सरकारका गतिविधिबारे समेत सांसदहरूले धारणा राख्ने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् ।
रास्वपा सांसदको अराजकता : भएका कामकोसमेत तथ्य बंग्याएर मन्त्रीविरुद्ध विषबमन

रास्वपा सांसदको अराजकता : भएका कामकोसमेत तथ्य बंग्याएर मन्त्रीविरुद्ध विषबमन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलमा अहिले अराजकता बढेको छ । सांसदहरु आफ्नै सरकारविरुद्ध तथ्य बंग्याएर दुष्प्रचार गर्ने र जनतालाई भ्रमित पार्नेगरी सार्वभौम सदनबाट बोलिरहेका छन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।