नेभिगेशन
समाज

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।

महाकाली नदीको बाढीबाट बर्सेनि नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्यूनीकरणका गर्न तटबन्ध निर्माण गरिएको हो ।  सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले रु ११ करोड ६५ लाख रकम खर्च गरेर उक्त तटबन्ध निर्माण गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोजना प्रमुख रञ्जनराज भट्टराईले  दोधारा चाँदनी नगरपालिकास्थित महाकाली नदीमा ५०७ मिटर र जोगबुढा नदीमा २५५ मिटर भीमदत्तस्थित दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रमा ४५८ मिटर आरसिसी तटबन्ध निर्माण गरिएको जानकारी दिए ।

Ncell
Extreme Energy

तटबन्ध निमार्णपछि हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती सुरक्षित बनेको छ । उक्त बस्ती जोगाउन आयोजनाले ७६२ मिटर तटबन्ध निर्माण गरेको थियो ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । नदी नियन्त्रण र व्यवस्थापनका लागि पुराना संरचना मर्मत गर्ने काम नियमित भइराखेका छन् ।

महाकाली नदीमा २५ वर्ष पुरानो तटबन्ध जीर्ण हुँदै गएकाले कार्यालयले मर्मतसम्भार गर्दै आएको छ ।  महाकालीपारि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेनसँगै पूर्वाधार र ऊर्जामन्त्री बाहेक सबै मन्त्री सहभागी (तस्बिरहरु)

रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेनसँगै पूर्वाधार र ऊर्जामन्त्री बाहेक सबै मन्त्री सहभागी (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

पोखरामा दुई घण्टा बिताएर ११ः४५ बजे नेपाली सेनाको जहाजमा उनी काठमाडौँ फर्किएका छन् । उनी आजै भारत फर्कने कार्यक्रम छ ।
रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

उनका अनुसार बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई समेत बोलाइएको छ।
विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै बेपत्ता

विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै बेपत्ता

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएकी एक बालिका मृत भेटिएकी छिन् ।