नेभिगेशन
समाज

विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै बेपत्ता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएकी एक बालिका मृत भेटिएकी छिन् । 

निर्मल माध्यमिक विद्यालय, हेटौंडा–१९ मा अध्ययनरत हेटौंडा उपमहानगरपालिका–१९, बस्तिपुर निवासी राजकुमार ब्लोनकी १२ वर्षीया छोरी बिनिता ब्लोन मृत भेटिएकी हुन् । अन्य तीन जना साथीसहित घर फर्किरहेकी बिनितासहित चारै जनालाई मंगलबार खोलाले बगाएको थियो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई जना जिवितै फेला परेकामा खोज तथा उद्धारका लागि खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बिनितालाई आज मृत अवस्थामा फेला पारेको छ । आज बिहान करिब ९:१५ बजे बगाएको स्थानबाट करिब ४ किलोमिटर तल बासुदेव खहरे खोलाको किनारमा बालिका बिनिताको शव फेला परेको हो ।

Ncell
Extreme Energy

घटनासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालतर्फ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, सोही घटनामा बेपत्ता भएकी सुमित्रा ब्लोनको खोज तथा उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।
रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेनसँगै पूर्वाधार र ऊर्जामन्त्री बाहेक सबै मन्त्री सहभागी (तस्बिरहरु)

रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेनसँगै पूर्वाधार र ऊर्जामन्त्री बाहेक सबै मन्त्री सहभागी (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

पोखरामा दुई घण्टा बिताएर ११ः४५ बजे नेपाली सेनाको जहाजमा उनी काठमाडौँ फर्किएका छन् । उनी आजै भारत फर्कने कार्यक्रम छ ।