नेभिगेशन
मुख्य समाचार

बालेन शाह नेतृत्वको सरकारपछि सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र, ११ हजार कर्मचारी कारबाहीको दायरामा

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन भएयता सरकारी कार्यालयमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनुवाइको प्रक्रिया तीव्र पारिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा दर्ता भएका एक हजार २९८ उजुरीमध्ये एक हजार ११४ अर्थात् ८५.८२ प्रतिशत फछ्र्यौट भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रका अनुसार विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ वटा उजुरी दर्ता भएकामा ४१२ अर्थात् ७४.१० प्रतिशत फछ्र्यौट भएका थिए ।

Ncell
Extreme Energy

सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न प्रधानमन्त्री शाहको निर्देशनमा सतर्कता केन्द्रले सरकारी कार्यालयको अनुगमन तथा कारबाहीलाई पनि तीव्रता दिएको छ ।

गत वर्षको चैतदेखि साउनसम्म ३१८ वटा सरकारी कार्यालयको अनुगमन गरिएको थियो । त्यस क्रममा आचारसंहिता तथा समय पालना नगर्ने दुई हजार २१३ जना र तोकिएको पोशाक नलगाउने ५६२ जना गरी दुई हजार ७७५ जना कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको थियो ।

तर, यस वर्ष सोही अवधिमा अनुगमन गरिएका कार्यालयको संख्या झन्डै तीन गुणाले बढाएर ९२४ पुर्‍याइएको केन्द्रले जनाएको छ ।

अनुगमनका क्रममा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाकमा उपस्थित नभएका ६४५ जना र कार्यकक्षमा नभेटिएका ९१ जना गरी ११ हजार चार जना कर्मचारी अनुशासन उल्लंघनमा परेको पाइएको छ ।

सतर्कता केन्द्रले अनुशासन उल्लंघन गर्ने सबै कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ ।

सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन केन्द्रले अनुगमन तथा उजुरी फछ्र्यौटलाई प्राथमिकतामा राखेको छ ।

सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शंकास्पद सम्पत्ति रहेकोबारे सूचना केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा फोन गरेर दिन सकिने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमतीका मुख्यमन्त्रीमा दिएकाे समर्थनलाई मान्यता नदिन राप्रपा केन्द्रको पत्र

बागमतीका मुख्यमन्त्रीमा दिएकाे समर्थनलाई मान्यता नदिन राप्रपा केन्द्रको पत्र

बागमती प्रदेशमा नेकपा एमालेका किरण थापामगरले राप्रपाको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा पेस गरेको दाबीलाई राप्रपा केन्द्रीय कार्यालयले अस्वीकार गरेको छ ।
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’
नेपाल रेडक्रस सोसाइटीले ७ वटै प्रदेश र १५ जिल्ला शाखालाई स्पष्टीकरण सोध्यो

नेपाल रेडक्रस सोसाइटीले ७ वटै प्रदेश र १५ जिल्ला शाखालाई स्पष्टीकरण सोध्यो

नेपाल रेडक्रस सोसाइटीले विधानविपरीत गतिविधि गरेको तथा वैधानिक दायित्व पूरा नगरेको भन्दै ७ वटै प्रदेश समिति र १५ वटा जिल्ला शाखा समितिहरूलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
रास्वपा संसदीय दलमा के के भयो छलफल ?

रास्वपा संसदीय दलमा के के भयो छलफल ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले विधान संशोधन कार्यदल बनाएको छ ।

भर्खरै