नेभिगेशन
मुख्य समाचार

रास्वपा संसदीय दलमा के के भयो छलफल ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले विधान संशोधन कार्यदल बनाएको छ ।

बुधबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार सम्मिलित कार्यदल बनाइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार कार्यदललाई सात दिनको समय दिइएको छ ।

Ncell
Extreme Energy

‘संसदीय दलको विधान २०८३ लाई आवश्यकताअनुसार संशोधन गर्न मुख्य सचेतकको संयोजकत्वमा कार्यदल बनाइएको छ र यो कार्यदलले ५ दिनभित्र कार्यविधि तय गर्नेछ’ उनले भने ।

केही सांसदहरूको कार्यशैली, संसदको प्रस्तुतिलगायत विषयमा प्रश्न उठेपछि उनीहरूको आचरणमा कडाइ गर्न लागिएको हो ।

‘दलको विधानमा सांसदहरूको आचरणको विषयलाई पनि समेट्ने गरेर कार्यदलले मस्यौदा तयार पार्नेछ । त्यसपछि दलको बैठक बसेर त्यसलाई अन्तिम रूप दिइनेछ,’ सचेतक क्रान्तिशिखा धितालले भनिन् ।

उनका अनुसार आजको बैठकमा सांसदहरूले मन्त्रीसमक्षा जिज्ञासा राखेका थिए । नागरिकको गुनासो बोकेर मन्त्रालय जाँदा सम्बन्धित विभागीय मन्त्री भेट नभएको, कर्मचारीले सहजीकरण नगरेको, ताकेता गर्दा पनि काम फत्ते नभएकोबारे गुनासो राखेका थिए ।

सांसदहरूले उठाइको विषय सम्बोधन नहुँदा त्यसको असन्तुष्टि संसदमा पुगेको भन्दै दलको बैठक बसेर नियमित छलफल गर्ने निर्णय भएको धितालले बताइन् ।

‘अब नियमित मन्त्रीहरूसँग अन्तक्रिया गरेर कार्यसम्पादनलाई प्रभावकारी बनाउने निर्णय भएको छ,’ उनले भनिन् ।

पार्टी सभापति रवि लामिछानेले पार्टी नेतृत्व र प्रधानमन्त्री बालेन शाहबीच असमझदारी रहेको भन्दै हल्ला चलाइएको भन्दै केही सत्यता नभएको बताएका थिए । 

‘यो भ्रम चिर्न दलका नेता एवं प्रधानमन्त्रीसहितको बैठक राख्नेबारे सभापतिले बताउनुभएको थियो । सरकार र पार्टी नेतृत्वबीच कुनै असमझदारी नरहेको बताउनुभएको थियो,’ उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कर्णालीका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारणबाट विद्युत् पहुँच : मन्त्री श्रेष्ठ

कर्णालीका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारणबाट विद्युत् पहुँच : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच पुगेको बताएका छन् ।
बागमतीका मुख्यमन्त्रीमा दिएकाे समर्थनलाई मान्यता नदिन राप्रपा केन्द्रको पत्र

बागमतीका मुख्यमन्त्रीमा दिएकाे समर्थनलाई मान्यता नदिन राप्रपा केन्द्रको पत्र

बागमती प्रदेशमा नेकपा एमालेका किरण थापामगरले राप्रपाको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा पेस गरेको दाबीलाई राप्रपा केन्द्रीय कार्यालयले अस्वीकार गरेको छ ।
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’
नेपाल रेडक्रस सोसाइटीले ७ वटै प्रदेश र १५ जिल्ला शाखालाई स्पष्टीकरण सोध्यो

नेपाल रेडक्रस सोसाइटीले ७ वटै प्रदेश र १५ जिल्ला शाखालाई स्पष्टीकरण सोध्यो

नेपाल रेडक्रस सोसाइटीले विधानविपरीत गतिविधि गरेको तथा वैधानिक दायित्व पूरा नगरेको भन्दै ७ वटै प्रदेश समिति र १५ वटा जिल्ला शाखा समितिहरूलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

भर्खरै