नेभिगेशन
मुख्य समाचार

बालेन शाहले लेखेको एक्लोबारेको प्रश्नमा रविको जवाफ– उहाँ कवि पनि हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग कुनै असमझदारी नरहेको बताएका छन् । पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री शाहले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै सामाजिक सञ्जालमा लेखेको स्ट्याटसबारे पनि धारणा राखेका थिए ।

‘कहिलेकाहीँ तपाईंहरूलाई रमाइलोका लागि लेखिदिनुहुन्छ । दुई जनाबीचको धारै अलग छ कि, झगडै परेछ कि क्या हो भन्नुहुन्छ । तपाईंहरूको समाचारले हामीलाई अझ बढी नजिक ल्याउँछ । यस्ता समाचार लेख्न नरोक्नुहोला,’ उनले भने, ‘प्रधानमन्त्रीले लेख्नुभएको विषय, उहाँ त पोएट कवि पनि हो नि, कलाकार पनि । आजको यत्रो भीडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ त ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हरेक अर्थको शब्द खोज्न नमिल्ने भन्दै उनले सरकार र पार्टी नेतृत्वबीच कुनै असमझदारी नरहेको बताए ।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...