नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री शाह र सञ्चारमन्त्री तिमिल्सिनाबीच के भयो कार्यसम्पादन सम्झौता ?

सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र सञ्चारमन्त्री तिमिल्सिनाले सम्झौतामा हस्ताक्षर गर्दै प्रति आदानप्रदान गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चालु आर्थिक वर्षमा सूचना तथा सञ्चार मन्त्रालय तथा मातहतका निकायबाट सम्पादन गरिने प्रमुख कामलाई समयसीमासहित परिणाममुखी बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।

Ncell
Extreme Energy

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०८३, आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रमलाई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न गरी अपेक्षित नतिजा हासिल गर्ने गरी सम्झौता गरिएको जनाइएको छ ।

सम्झौताले मन्त्रालयको कार्यक्षेत्र, आवधिक योजना, सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेटिएका कार्यक्रमलाई स्पष्ट नतिजा सूचक र माइलस्टोनसँग जोडेको छ । निर्धारित समयसीमाभित्र माइलस्टोन हासिल गर्नुपर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।

सरकारले मन्त्रालयका कामलाई मापनयोग्य परिणाम र उपलब्धिका आधारमा मूल्याङ्कन गर्ने प्रणालीलाई प्राथमिकता दिएको छ । सोहीअनुसार सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षलाई सञ्चार क्षेत्रको विकास, विस्तार र रूपान्तरणका दृष्टिले महत्वपूर्ण वर्ष बनाउने लक्ष्य लिएको छ ।

डिजिटल पूर्वाधार र दूरसञ्चार विस्तारमा जोड

कार्यसम्पादन सम्झौतामा सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार, सञ्चार पूर्वाधार विस्तार, डिजिटल प्रविधिको पहुँच बढाउने तथा दूरसञ्चार र सूचना प्रविधिसम्बन्धी सेवाको गुणस्तर सुधारलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै, सञ्चार सेवाको राष्ट्रिय पहुँच विस्तार तथा मन्त्रालय र मातहतका निकायको प्रशासनिक एवं वित्तीय कार्यसम्पादन सुधारलाई पनि सम्झौतामा प्रमुख सूचकका रूपमा समेटिएको छ ।

सूचना तथा सञ्चार क्षेत्रको भौतिक तथा डिजिटल पूर्वाधार विस्तारलाई महत्वपूर्ण सूचकका रूपमा राखिएको छ । अप्टिकल फाइबर तथा फिक्स्ड ब्रोडब्यान्ड सेवाको पहुँच विस्तार, मोबाइल ब्रोडब्यान्डको पहुँच बढाउने र दूरसञ्चार पूर्वाधारलाई थप व्यवस्थित तथा गुणस्तरीय बनाउने लक्ष्य राखिएको छ ।

देशभर आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार गर्दै फोरजी सेवाको पहुँच बढाउने, टेलिफोन सेवाका प्रयोगकर्ता विस्तार गर्ने तथा मोबाइल ब्रोडब्यान्डको पहुँच थप वृद्धि गर्ने लक्ष्य पनि सम्झौतामा समावेश छ ।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई डिजिटल प्रविधिमा आधारित गुणस्तरीय सञ्चार सेवामा जोड्ने सरकारको उद्देश्य रहेको जनाइएको छ ।

रेडियो नेपाल र टेलिभिजनको राष्ट्रिय पहुँच विस्तार

सम्झौताले परम्परागत सञ्चारमाध्यमको पहुँचलाई डिजिटल प्लेटफर्मसँग जोडेर विस्तार गर्ने लक्ष्य पनि अघि सारेको छ ।

डिजिटल प्लेटफर्मसहित रेडियो नेपाल तथा नेपाल टेलिभिजनको राष्ट्रिय पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, हुलाक सेवालाई आधुनिक र प्रभावकारी बनाउने लक्ष्यसहित द्रुत डाँक सेवाको सञ्चालन विस्तारलाई प्रमुख नतिजा सूचकका रूपमा राखिएको छ ।

मन्त्रालयको वित्तीय अनुशासन र सार्वजनिक जवाफदेहितालाई पनि कार्यसम्पादन सम्झौतामा प्राथमिकता दिइएको छ । नागरिकका गुनासो सम्बोधन तथा सेवा प्रवाहमा सुधारका लागि प्राप्त गुनासोको शतप्रतिशत फछ्र्यौट गर्ने लक्ष्यसमेत निर्धारण गरिएको छ ।

सम्झौताले चालु आर्थिक वर्षमा मन्त्रालयले कुन क्षेत्रमा कति काम गर्ने र कस्तो परिणाम हासिल गर्ने भन्ने विषयमा स्पष्ट जिम्मेवारी निर्धारण गरेको जनाइएको छ ।

प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच कार्यसम्पादन सम्झौता भएपछि अब सूचना तथा सञ्चार मन्त्रालयमा मन्त्री र मन्त्रालयका सचिवबीच पनि कार्यसम्पादन सम्झौता गरिनेछ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को व्यवस्थाअनुसार मन्त्रालयका कार्यक्रमलाई थप जिम्मेवार र परिणाममुखी बनाउन सचिवसँग कार्यसम्पादन सम्झौता गरिने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

‘एकदमै छोटो समयमा वडादेखि सबै तहको अधिवेशन गर्नुपर्ने छ’ एक केन्द्रीय सदस्यले भने, ‘विवाद भएन भने त सकिएला, विवाद भयो भने कार्यतालिका अनुसार अगाडि बढ्न मुस्किल छ।’
किरण थापामगरलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले उद्धव थापालाई सोध्यो स्पष्टीकरण

किरण थापामगरलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले उद्धव थापालाई सोध्यो स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गरिएको विषयलाई ‘अवैधानिक, अराजनीतिक र अनधिकृत’ भएको जनाएको छ।
प्रधानमन्त्री बालेन शाह र भूमिमन्त्रीबीच के भयो कार्यसम्पादन सम्झौता ?

प्रधानमन्त्री बालेन शाह र भूमिमन्त्रीबीच के भयो कार्यसम्पादन सम्झौता ?

प्रधानमन्त्री बालेन शाह र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य मन्त्री प्रतिभा रावलबीच कार्यसम्पादन सम्झौता भएको छ ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...