नेभिगेशन
मुख्य समाचार

रामबहादुर थापाले संसदमा राखेका चार विकल्प

प्रधानमन्त्रीदेखि रवि लामिछानेसम्मलाई सुझाव

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान राजनीतिक परिस्थितिबाट निकासका लागि प्रतिनिधिसभामा चारवटा विकल्प प्रस्तुत गरेका छन्।

संसद्मा सम्बोधन गर्दै थापाले प्रधानमन्त्री, सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल चाल्नुपर्ने कदमबारे आफ्नो धारणा राखेका हुन्। उनले अन्तिम विकल्पका रूपमा ठूलो जनआन्दोलन हुन सक्ने चेतावनीसमेत दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१. प्रधानमन्त्रीले के गर्ने ?

Ncell
Extreme Energy

थापाले प्रधानमन्त्रीलाई राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पुनर्स्थापनाको मार्गमा अविलम्ब फर्किन र संसद्प्रति पूर्णतः उत्तरदायी बन्न आग्रह गरेका छन्।

उनले राज्य आतंक र नागरिक हत्याको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्।

२. सभामुखले के गर्ने ?

सभामुखले जनचाहना कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई तत्काल रुलिङ गर्नुपर्ने थापाको सुझाव छ।

संसद्को अभिभावकका रूपमा सभामुखले राजनीतिक स्थायित्व कायम गर्न सत्ता र प्रतिपक्षबीच राष्ट्रिय सहमतिको पहल गर्नुपर्ने उनले बताएका छन्।

३. रवि लामिछानेले के गर्ने ?

थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न सुझाव दिएका छन्।

रास्वपा सभापतिको हैसियतमा लामिछानेले वर्तमान राजनीतिक परिस्थितिको निकासका लागि सरकार पुनर्गठनको पहल गर्नुपर्ने उनको भनाइ छ।

४. अन्तिम विकल्प : जनसुनामी

थापाले माथिका विकल्प कार्यान्वयन नभए ठूलो जनआन्दोलन हुन सक्ने चेतावनी दिएका छन्।

‘राष्ट्रियता, लोकतन्त्र र जनजीविका जोगाउन चारै दिशाबाट २००७, २०४६ र २०६२/६३ को भन्दा विशाल र अकल्पनीय जनसुनामी आउनेछ,’ उनले भनेका छन्।

थापाले वर्तमान राजनीतिक संकट समाधानका लागि तत्काल राजनीतिक पहल र राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

‘एकदमै छोटो समयमा वडादेखि सबै तहको अधिवेशन गर्नुपर्ने छ’ एक केन्द्रीय सदस्यले भने, ‘विवाद भएन भने त सकिएला, विवाद भयो भने कार्यतालिका अनुसार अगाडि बढ्न मुस्किल छ।’
किरण थापामगरलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले उद्धव थापालाई सोध्यो स्पष्टीकरण

किरण थापामगरलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले उद्धव थापालाई सोध्यो स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गरिएको विषयलाई ‘अवैधानिक, अराजनीतिक र अनधिकृत’ भएको जनाएको छ।
प्रधानमन्त्री बालेन शाह र भूमिमन्त्रीबीच के भयो कार्यसम्पादन सम्झौता ?

प्रधानमन्त्री बालेन शाह र भूमिमन्त्रीबीच के भयो कार्यसम्पादन सम्झौता ?

प्रधानमन्त्री बालेन शाह र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य मन्त्री प्रतिभा रावलबीच कार्यसम्पादन सम्झौता भएको छ ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...