नेभिगेशन
मुख्य समाचार

बागमती मुख्यमन्त्रीमा किरण थापाको दाबी पुग्दैन, प्रदेश प्रमुखले अख्तियारको दुरुपयोग गर्नु हुनेछैन– राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता मोहन श्रेष्ठले बागमती प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिमा अख्तियारको दुरुपयोग नगर्ने विश्वास व्यक्त गरेका छन् । उनले बागमती मुख्यमन्त्रीमा किरण थापाको दाबीसमेत नपुग्ने बताए ।

नेकपा एमालेका सांसद किरण थापामगरले बुधबार राप्रपासमेतको समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राप्रपा दल नेता उद्धव थापाले एमाले सांसद थापालाई समर्थन गरेका थिए ।

Ncell
Extreme Energy

संसदीय दल बैठकबिना र केन्द्रको निर्देशनविपरीत थापाले एमालेलाई समर्थन गरेको भन्दै राप्रपाले थापालाई १२ घण्टे स्पष्टीकरण सोधेको छ ।

दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

पार्टीभित्र रडाको मच्चिइरहँदा प्रवक्ता मोहन श्रेष्ठले व्यक्तिले दिएको समर्थन दलको हुन नसक्ने बताएका छन् ।

‘व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन, बागमती प्रदेशमा १२ सांसद भएको राप्रपाबाट एकजना सांसदले एक्लैले समर्थन दिन सक्दैन र मिल्दा पनि मिल्दैन । एकजनाको मात्र भए पनि समर्थन मान्ने हो भने पनि मुख्यमन्त्रीमा दाबी गर्नेको संख्या पुग्दैन, संख्या नपुगी गरिएको दाबीको अर्थ रहनेछैन,’ उनले भनेका छन् ।

संसदीय दलको नेताको लेटरप्याडमा दिइएको भनिएको समर्थनमा दलकै समर्थन नरहेको उनको दाबी छ ।

‘संसदीय दलको नेताको लेटरप्याडमा दिइएको भनिएको कथित समर्थनमा दलकै समर्थन छैन किनकि समर्थनको एजेण्डामा संसदीय दलको बैठक बसेकै छैन । अनधिकृत हस्ताक्षरलाई मान्यता नदिन पार्टी केन्द्र, पार्टी अध्यक्ष र संसदीय दलको प्रमुख सचेतकले प्रदेश प्रमुखलाई आग्रह गरिसकेको छ । परिपक्व प्रदेश प्रमुखले अख्तियारको दुरुपयोग गर्नुहुने छैन भन्ने विश्वास छ,’ उनले भनेका छन् ।

यसैबीच बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सहमति अनुसार एमालेले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले दुई र राप्रपाले तीन मन्त्रालय पाउने गरी बाँडफाँट भएको बताइएको छ ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापामगरलाई समर्थन रहेको पत्र प्रदेश प्रमुखसमक्ष पठाएका थिए । तर राप्रपा प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई छुट्टै पत्र पठाउँदै राप्रपाले सरकारलाई दिएको भनिएको समर्थन अनधिकृत रहेको जिकिर गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम बिहीबारबाट सञ्चालन गर्दैछ ।
एमालेलाई मुख्यमन्त्रीमा समर्थन गर्दा राप्रपामा मच्चियो रडाको

एमालेलाई मुख्यमन्त्रीमा समर्थन गर्दा राप्रपामा मच्चियो रडाको

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलभित्र मुख्यमन्त्री चयनको विषयलाई लिएर विवाद चर्किएको छ।
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...

भर्खरै