नेभिगेशन
मुख्य समाचार

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि गठित कार्यदलले पूर्णता पाएको छ ।

कार्यदलको संयोजकमा रास्वपाका उपसभापति कविन्द्र बुर्लाकोटी रहेका छन् । कार्यदलका सदस्यहरूमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी, समिना मियाँ, स्मृति सेन्चुरी र पारशमणि गेलाल रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे संघीय संसद् भवनस्थित संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने भएको छ ।

Ncell
Extreme Energy

रास्वपा संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले कार्यदलको तर्फबाट पहिलो बैठकबारे जानकारी गराएका हुन् ।

कार्यदलले संसदीय दलको विधान संशोधनका विषयमा छलफल गरी आवश्यक प्रस्ताव तयार गर्ने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नहुने बताएका छन्।
बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) कब्जा गरेको आरोप लगाएका छन्।
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...