नेभिगेशन
मुख्य समाचार

बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) कब्जा गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीको स्रोत–साधन खरिदमा अनियमितता भएको विषयमा समितिले मागेको विवरण अझै प्राप्त नभएको भन्दै प्रश्न तेर्स्याए।
उनले यसअघि समितिको बैठकमा प्रहरी अधिकारीहरूसँग सवाल–जवाफका क्रममा उठाएका प्रश्नमा आफू अझै पनि दृढ रहेको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामीले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,’ उनले भने।

Ncell
Extreme Energy

सुनारले आफूले अघिल्लो बैठकमा उठाएका प्रश्नको जवाफ दिन सम्बन्धित पक्ष तयार हुनुपर्ने बताए। कसैलाई आफ्नो अभिव्यक्तिबाट मानमर्दन भएको लागे अदालत गएर कानुनी उपचार खोज्नसमेत उनले चुनौती दिए।
‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघरामा उभिएर जवाफ दिन म तयार छु,’ उनले समिति बैठकमा भने।

तर सार्वभौम संसदीय समितिको बैठकमा आएर जुहारी खेल्न नहुने उनको भनाइ थियो। ‘एउटा सार्वभौम समितिमा आएर टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ उनले भने।

यसअघि सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले प्रहरी अधिकारीहरूसँग गरेको सवाल–जवाफ र उनको प्रस्तुतिशैलीको आलोचना भएको थियो। विषयमा सभामुखले समेत चासो लिएर समितिका सभापति, सचिव तथा प्रहरी महानिरीक्षकसँग छलफल गरेका थिए।

त्यसपछि रास्वपाले आफ्ना सांसदहरूलाई संसदीय समितिमा प्रस्तुत हुँदा मर्यादा कायम गर्न निर्देशन दिएको थियो। यद्यपि, सुनारले आजको बैठकमा पनि प्रहरीको स्रोत–साधन खरिद र त्यससँग जोडिएका प्रश्नमा आफूले उठाएको विषयबाट पछि नहट्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नहुने बताएका छन्।
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि गठित कार्यदलले पूर्णता पाएको छ ।