नेभिगेशन
मुख्य समाचार

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नहुने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभई संवैधानिक निकाय भएकाले त्यसको कामकारबाहीमा हस्तक्षेप गर्न नमिल्ने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अख्तियार आफै बिचौलियाहरूको संरक्षण गर्ने केन्द्रजस्तो बनेको आरोपसमेत लगाए। पूर्वगृहसचिवसमेत रहेका अख्तियारका प्रमुख आयुक्तले प्रशासनिक र संवैधानिक पदको पदीय मर्यादा तथा दायित्वबीचको भिन्नता छुट्याउन नसकेको उनको टिप्पणी थियो।

Ncell
Extreme Energy

सिंहले विगतमा कर्मचारीहरू कारबाहीबाट जोगिन अख्तियार जाने गरेको भए पनि अहिले अनुचित लाभ लिनका लागि अख्तियार जाने अवस्था बनेको आरोप लगाए।

संविधानले नै अख्तियारलाई भ्रष्टाचार तथा सम्पत्ति छानबिनको अधिकार दिएको अवस्थामा पटक–पटक नयाँ आयोग गठन गर्नुको औचित्यमाथिसमेत उनले प्रश्न उठाए।

राज्यकोषबाट तलब, भत्ता वा पेन्सन लिने मन्त्री, सांसद, मेयर तथा प्रशासक जोसुकैको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी अख्तियारले प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा सिंहले जोड दिए।

बैठकमा सहभागी अन्य सांसदहरूले समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका र प्रभावकारितामाथि प्रश्न उठाएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा खबरदारी र्‍याली निकालिएको छ।
बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) कब्जा गरेको आरोप लगाएका छन्।
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...