नेभिगेशन
मुख्य समाचार

राप्रपाले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई गर्‍यो निष्कासन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै थापामाथि कारबाही गरिएको जानकारी दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थापाले एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित सरकारलाई समर्थन गरेका थिए। उनको समर्थनलाई अस्वीकार गर्दै राप्रपाले समर्थन फिर्ता लिन निर्देशन दिएको थियो। तर उक्त निर्देशन नमानेपछि थापालाई कारबाही गरिएको अध्यक्ष लिङ्देनले बताए।

Ncell
Extreme Energy

‘उद्धव थापालाई साधारण सदस्य र प्रदेशसभा सदस्यबाट कारबाही गरिएको छ,’ लिङ्देनले भने।

बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा राप्रपाभित्र विवाद चर्किएको थियो। पार्टीको निर्णयविपरीत थापाले सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले यसअघि नै उनको समर्थन अनधिकृत भएको जनाएको थियो।

अध्यक्ष लिङ्देनले संसदीय दलका नेतालाई कारबाही गरिसकेपछि सरकारमा सहभागी हुने अन्य राप्रपा सांसदलाई पनि कारबाही गरिने जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार, संसद र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
राप्रपाको घरमा ओलीले झोसेको आगो

राप्रपाको घरमा ओलीले झोसेको आगो

किन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि नै प्रदेश सरकार गठन र विघटनमा सामेल नहुने निर्णय गरिसकेको थियो । त्यो पनि कार्यसम्पादन समितिको बैठकबाट । गत साउन ९ गते...
काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा खबरदारी र्‍याली निकालिएको छ।