नेभिगेशन
मुख्य समाचार

राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल तीन वर्ष कायम गर्ने सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गर्ने विषयमा प्रतिनिधिसभाको अर्थ समितिमा सहमति जुटेको छ ।

सिंहदरबारमा बिहीबार बसेको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा गभर्नर र सञ्चालक समितिका सदस्यको पाँच वर्षको कार्यकाललाई घटाएर तीन वर्ष कायम गर्ने सहमति भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समिति सभापति कृष्णहरि बुढाथोकीका अनुसार सरकारको आर्थिक नीति तथा योजना र मौद्रिक क्षेत्रबीच सामञ्जस्य कायम गर्ने उद्देश्यले कार्यसम्पादनका आधारमा पदावधि थप गर्न सकिने व्यवस्थाबारे समेत छलफल भएको छ ।

Ncell
Extreme Energy

यस्तै, डेपुटी गभर्नर र सञ्चालक समितिका सदस्यको प्रारम्भिक पदावधि तीन वर्ष कायम गर्ने र कार्यसम्पादन मूल्याङ्कन सन्तोषजनक देखिएमा नेपाल सरकारले थप दुई वर्ष पदावधि बढाउन सक्ने व्यवस्था विधेयकमा राख्ने निर्णय भएको सभापति बुढाथोकीले जानकारी दिए ।

यो व्यवस्था विधेयकको दफा १८ को उपदफा १ र २ मा कायम गरिनेछ ।

समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको दफावार छलफल शुक्रबार पनि जारी राख्ने सभापति बुढाथोकीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले शपथ लिएका छन् ।
एमालेका किरण थापा बागमतीको मुख्यमन्त्री नियुक्त

एमालेका किरण थापा बागमतीको मुख्यमन्त्री नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई...