नेभिगेशन
मुख्य समाचार

पोखरा पुगे प्रधानमन्त्री शाह, मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाह पोखरा पुगेका छन् । 

शाह शुक्रबार बिहानै स्थलमार्गबाट गाडी चलाउँदै मुस्ताङतर्फ प्रस्थान गरेकामा पोखरा पुगेको सुरक्षा स्रोतले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंबाट पोखरासम्म गाडीमा र त्यहाँबाट हेलिकप्टरमा मुस्ताङ जाने तयारी रहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।

Marvel
Extreme Energy

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रधानमन्त्री आउने औपचारिक जानकारी आफूले नपाएको बताइन् ।

‘उहाँ आउने औपचारिक जानकारी छैन,’ उनले सिधाकुरासँग भनिन् ।

पछिल्लो समय रुग्ण उद्योग बौर्‍याउन लागेका प्रधानमन्त्री शाह देशभित्रको पर्यटकीय सम्भावनाका पनि उजागर गरिरहेका छन् ।

यसपटक मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने कार्यसूची रहेको बताइएको छ ।

३ हजार ८०० मिटरको उचाइमा रहेका मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...