नेभिगेशन
मुख्य समाचार

मन्त्री रावल कञ्चनपुर र कैलाली भ्रमणमा जाँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कञ्चनपुर र कैलालीसहितका जिल्लाको भ्रमणमा जाने भएकी छन्।

मन्त्री रावलले सामाजिक सञ्जालमार्फत भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायतका जिल्लाको भ्रमणमा रहने जानकारी दिएकी हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भ्रमणका क्रममा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित जनगुनासो सुन्ने कार्यक्रम रहेको उनले बताएकी छन्।

Marvel
Extreme Energy

यस्तै, सहकारी क्षेत्रका समस्या तथा भूमिहीन र सुकुम्बासी नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमसमेत रहेको उनले जानकारी दिएकी छन्। सम्बन्धित सरोकारवालासँग छलफल गर्ने कार्यक्रम पनि भ्रमणका क्रममा राखिएको छ।

मन्त्री रावलले आफूले भ्रमणका क्रममा सम्बन्धित विषयमा सरकारले गरिरहेका काम तथा आगामी तयारीबारे समेत जानकारी गराउने बताएकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...