नेभिगेशन
मुख्य समाचार

लाल आयोगको प्रतिवेदन सार्वजनिकबारे सुझाव पेस गर्न प्रधानमन्त्रीले सांसद सुरेन्द्र चौधरीलाई दिए जिम्मा

काठमाडौं । थारू सांसदहरूले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी आफ्नो समुदायको विभिन्न मुद्दा र मागहरूबारे छलफल गरेका छन् ।

प्रतिनिधिसभा सदस्य करिश्मा कठरियाका अनुसार प्रधानमन्त्रीसँगको भेटमा थारू समुदायले उठाउँदै आएका मुद्दाका विषयमा अहिलेसम्मकै विशेष तथा गम्भीर छलफल भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा प्रधानमन्त्री शाहले थारू समुदायले उठाएका मुद्दा समाधान गर्न आफू गम्भीर रहेको बताएका थिए । यस्तै, २०७२ को टीकापुर घटनाको सत्यतथ्य छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा आगामी भदौ ७ गतेभित्र रायसहितको सुझाव पेस गर्न सांसद सुरेन्द्र चौधरीलाई विशेष जिम्मेवारी दिइएको कठरियाले जानकारी दिएकी छन् ।

Ncell
Extreme Energy

२०७२ भदौ ७ गते थरूहट, थारूवान संघर्ष समितिको आन्दोलनका क्रममा टीकापुरमा भएको घटनाबारे छानबिन गर्न गठित लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग हुँदै आएको थियो । यसअघिका सरकारलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत राजनीतिक दलहरूले लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरे पनि पूरा भएको छैन ।

भेटका क्रममा कठरियाले थारू समुदायका तर्फबाट प्रधानमन्त्रीसमक्ष विभिन्न मागसमेत पेस गरेकी छन् ।

मागपत्रमा लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, राष्ट्रिय निकुञ्ज आसपास बसोबास गर्ने थारू समुदायको सुरक्षा तथा वन अधिकार सुनिश्चित गर्नुपर्ने माग उनले राखेकी थिइन् ।

यस्तै, राज्यका हरेक निकायमा थारू समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

थारू समुदायमा व्यापक रूपमा देखिएको सिकलसेललगायत वंशानुगत रोगको पहिचान, निःशुल्क उपचार तथा उचित आर्थिक सहयोगको व्यवस्था गर्नुपर्ने माग पनि सांसद कठरियाले राखेकी छन् ।

थारू समुदायको मौलिक कला, संस्कृति र प्रथाजनित शासन प्रणालीलाई सरकारी मान्यता दिई संरक्षण तथा संवर्धन गर्नुपर्ने माग गरिएको छ । मुक्त कमैया र कमलरीलाई जग्गाधनी पुर्जासहित सम्मानजनक पुनःस्थापना गर्नुपर्ने मागसमेत राखिएको छ ।

त्यस्तै, थारू समुदायका बालबालिकालाई मातृभाषामा शिक्षा पाउने संवैधानिक अधिकारको व्यावहारिक कार्यान्वयन, थारू बहुल क्षेत्रमा बढ्दै गएको महिला तथा बाल हिंसा र लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने माग गरिएको छ ।

थारू बहुल क्षेत्रका समस्याको दीर्घकालीन समाधानका लागि संविधानको धारा ५६ (५) बमोजिम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने मागसमेत सांसद कठरियाले प्रधानमन्त्रीसमक्ष पेस गरेकी छन् ।

कठरियाले थारू समुदायका मागप्रति प्रधानमन्त्रीबाट सकारात्मक र द्रुत पहलकदमी हुने विश्वास व्यक्त गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको छ ।
पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ई-पासपोर्ट छपाई खरिद ठेक्का अनियमितता प्रकरणमा प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप नभएको प्रष्टीकरण दिएका छन् ।
पोखरा पुगे प्रधानमन्त्री शाह,  मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने

पोखरा पुगे प्रधानमन्त्री शाह, मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने

प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ लागेका छन् । उनी गाडीबाटै पोखरातर्फ प्रस्थान गरेका छन् ।
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ आयोजनाहरुको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।

भर्खरै