नेभिगेशन
मुख्य समाचार

सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसअघि बुधबार सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले घटेर ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको थियो । मंगलबार भने सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा स्थिर रहेको थियो ।

Ncell
Extreme Energy

आइतबार ३ हजार ६०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्य सोमबार थप १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको थियो ।

चाँदी पनि बढ्यो

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १३० रुपैयाँले बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँ पुगेको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको थियो । बुधबार १६० रुपैयाँले घटेर ४ हजार ५९५ रुपैयाँमा झरेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको थियो भने आइतबार ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या देखिएका दुई महिलालाई हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको छ।
स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्।
केन्द्रीय समिति बैठकमा सहभागी हुन वनस्थली पुगे रवि लामिछाने (तस्बिरहरू)

केन्द्रीय समिति बैठकमा सहभागी हुन वनस्थली पुगे रवि लामिछाने (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकमा सहभागी हुन वनस्थलीस्थित पार्टी कार्यालय पुगेका छन्।
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिँजा क्षेत्रमा नेपाल टेलिकमको फोर-जी सेवा सञ्चालनमा आएको छ।