नेभिगेशन
मुख्य समाचार

मन्त्री सीता बादी बिहानै किन पुगिन् भृकुटीमण्डप क्षेत्र ?

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार बिहान भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन् ।

मन्त्री बादीले बिहान ७ बजे आफ्नै सचिवालय र समाज कल्याण परिषद्को टोलीसहित भृकुटीमण्डप परिसरको स्थलगत निरीक्षण गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुगमनका क्रममा उनले भृकुटीमण्डपमा सञ्चालित खसी बजार, तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल तथा प्रदर्शनी र व्यापारिक क्षेत्र, खुला तथा हरित क्षेत्र, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय, पैदल आवागमन क्षेत्रलगायतको अवस्थाबारे जानकारी लिइन् ।

Ncell
Extreme Energy

मन्त्री बादीले परिसरमा रहेका संरचनाको उपयोग, व्यवस्थापनको अवस्था, व्यापार तथा सेवा सञ्चालनको प्रकृति र त्यसबाट हुने आम्दानी तथा राज्य र नागरिकले प्राप्त गरिरहेको लाभबारे सम्बन्धित अधिकारी तथा व्यवस्थापन पक्षसँग जानकारी लिएकी थिइन् ।

काठमाडौंको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन उनले सम्बन्धित निकायलाई निर्देशन दिइन् ।

‘भृकुटीमण्डपको क्षेत्र ठूलो छ, सम्भावना पनि ठूलो छ । अहिले सञ्चालनमा रहेका सबै गतिविधि र संरचनाको अवस्था हेरेर कहाँ सुधार आवश्यक छ र यसलाई नागरिकका लागि अझ उपयोगी कसरी बनाउन सकिन्छ भन्ने विषयमा समग्र अध्ययन आवश्यक छ,’ मन्त्री बादीले भनिन् ।

उनले विद्यमान संरचना र गतिविधिलाई व्यवस्थित गर्दै बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार, व्यवस्थित प्रदर्शनी तथा कार्यक्रमस्थल, खुला तथा हरित क्षेत्र, सार्वजनिक पुस्तकालय, सामाजिक सेवाका संरचना, पार्किङ, सरसफाइ तथा फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर सम्भाव्यता अध्ययन गर्न निर्देशन दिइन् ।

भृकुटीमण्डपको विकाससम्बन्धी विगतमा भएका अध्ययन, योजना तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत समीक्षा गरी वर्तमान अवस्था, आवश्यकता र सम्भावनाका आधारमा आगामी कार्यदिशा तय गर्नुपर्ने उनको भनाइ छ ।

सार्वजनिक सम्पत्तिको संरक्षणसँगै प्रभावकारी उपयोग र पारदर्शी व्यवस्थापनमा जोड दिँदै मन्त्री बादीले सरकारी सम्पत्ति संरक्षण गरेर मात्र नपुग्ने बताइन् ।

‘सरकारी सम्पत्ति संरक्षण गरेर मात्र पुग्दैन, त्यसको सदुपयोगबाट नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउनुपर्छ,’ उनले भनिन् ।

भृकुटीमण्डपको समग्र विकाससम्बन्धी अध्ययनमा बजार, व्यापारिक तथा प्रदर्शनी गतिविधि, सार्वजनिक सेवा, पूर्वाधार, सरसफाइ, पार्किङ, वातावरणीय अवस्था, नागरिक पहुँच, आर्थिक सम्भाव्यता र दीर्घकालीन व्यवस्थापनलगायत पक्षलाई समेटिने बताइएको छ ।

WhatsApp-Image-2026-08-21-at-11.16.51-1787290648.jpeg

WhatsApp-Image-2026-08-21-at-11.16.53-1787290646.jpeg

WhatsApp-Image-2026-08-21-at-11.16.52-1787290646.jpeg

WhatsApp-Image-2026-08-21-at-11.16.55-(1)-1787290645.jpeg

WhatsApp-Image-2026-08-21-at-11.16.54-1787290645.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या देखिएका दुई महिलालाई हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको छ।
स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्।
केन्द्रीय समिति बैठकमा सहभागी हुन वनस्थली पुगे रवि लामिछाने (तस्बिरहरू)

केन्द्रीय समिति बैठकमा सहभागी हुन वनस्थली पुगे रवि लामिछाने (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकमा सहभागी हुन वनस्थलीस्थित पार्टी कार्यालय पुगेका छन्।
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिँजा क्षेत्रमा नेपाल टेलिकमको फोर-जी सेवा सञ्चालनमा आएको छ।

भर्खरै