नेभिगेशन
मुख्य समाचार

एमालेभित्र नेतृत्वको विरोध होइन, पार्टी पुनर्संरचना र संगठन सुदृढीकरण आवश्यक : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र अहिले नेतृत्व परिवर्तनभन्दा संगठनको पुनर्संरचना र सुदृढीकरण आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले नेतृत्वको विरोध गर्दैमा पार्टी बलियो नहुने भन्दै विगतमा एमालेबाट अलग भएका नेताहरूको राजनीतिक यात्रालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भीम रावल, घनश्याम भुसाल र माधवकुमार नेपालको राजनीतिक यात्रातर्फ संकेत गर्दै पार्टीबाट बाहिरिएपछि उनीहरूको राजनीतिक प्रभाव कमजोर भएको दाबी गरेका छन्।

Marvel
Extreme Energy

बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट निर्वाचित भएको भन्दै महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै बाँकी कार्यकाल नसकिँदै नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्नु लोकतान्त्रिक विधि र संस्थागत प्रक्रियामाथिको प्रहार भएको टिप्पणी गरेका छन्।

‘आजको आवश्यकता व्यक्ति परिवर्तन होइन, पार्टीको समग्र पुनर्संरचना र सुदृढीकरण हो। सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन; पार्टीको नीति, संगठन, कार्यशैली र जनसम्बन्धमा सुधार आवश्यक छ,’ बस्नेतले भनेका छन्।

उनले एमालेभित्र फैलाइएको भ्रम चिर्ने, पार्टीलाई थप एकताबद्ध बनाउने र सरकारका गलत कदमविरुद्ध खबरदारी गर्ने समय आएको बताएका छन्।

नेतृत्व परिवर्तनको समय पनि आउने भन्दै बस्नेतले त्यतिबेला लोकतान्त्रिक विधिबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन्।

‘अहिले धैर्य, एकता र संगठन सुदृढीकरण आवश्यक छ,’ उनले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...