नेभिगेशन
मुख्य समाचार

खहरेमा बगेकी ११ वर्षीया सुमित्राको शव भेटियो राप्ती किनारमा

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलाको किनारमा भेटिएको छ।

गत मंगलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा खहरेमा बगेकी सुमित्राको शव सुरक्षाकर्मीको टोलीले आज बिहान राप्ती खोलामा फेला पारेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्यालयबाट घर फर्कने क्रममा सुमित्रासहित चार जना बालिका खहरेमा बगेका थिए। उनीहरूको खोजीका क्रममा सुरक्षाकर्मीले सुमित्राको शव फेला पारेका हुन्।

Marvel
Extreme Energy

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार खहरेमा बगेका तीन जना बालिकाको मृत्यु भएको छ। एक बालिका भने बाढीले किनारतर्फ बगाएपछि बच्न सफल भएकी छन्।

घटनापछि सुरक्षाकर्मीले बेपत्ता बालिकाहरूको खोजी तथा उद्धारका लागि निरन्तर अभियान सञ्चालन गर्दै आएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...