नेभिगेशन
मुख्य समाचार

किन विरक्तिए कमल थापा ?

एमालेलाई मुख्यमन्त्रीमा सघाएपछि राप्रपामा झाँगिएको कलह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी अध्यक्षले उद्धव थापालाई तत्काल पार्टीबाट निष्कासन गर्ने प्रस्ताव राखेको र आफूहरूले हतारमा कारबाही नगर्न आग्रह गरे पनि एकपक्षीय रूपमा निर्णय गरिएको थापाले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार आफू, पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, बागमती प्रदेश अध्यक्ष विक्रम थापा तथा कार्यसम्पादन समिति सदस्य अर्जुन राईलगायतले पार्टीको विधि र पद्धतिअनुसार पहिले अध्ययन तथा छानबिन गरेर मात्र आवश्यक निर्णय लिन आग्रह गरेका थिए।

Ncell
Extreme Energy

‘हतारमा कारबाही गरेर जनताबाट निर्वाचित सांसदलाई निष्कासन गर्ने जस्तो कठोर निर्णय नगरौँ। पार्टीको विधि र पद्धतिअनुसार पहिले अध्ययन तथा छानबिन गरौँ, अनि मात्र आवश्यक निर्णयमा पुगौँ भनेर पटक–पटक अनुरोध गर्‍यौँ,’ थापाले भनेका छन्।

थापाले पार्टी कुनै पनि तहको सरकारमा सहभागी हुने वा नहुने विषयमा स्पष्ट नीतिगत समीक्षा गर्नुपर्ने बताएका छन्। विगतमा केन्द्र तथा प्रदेश सरकारमा सहभागी भएको विषयमा पार्टीले तीव्र आलोचना खेपेकाले त्यसको समेत समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

यस्तै, पार्टीको निर्देशनविपरीत विगतमा प्रदेशसभामा सभामुख र उपसभामुख पद लिएको विषय तथा भदौ २४ गतेको आन्दोलनपछि केन्द्र र प्रदेशसभाका सबै सांसदले राजीनामा दिने भनिएको निर्णय कार्यान्वयन नभएको विषयमा समेत समीक्षा गर्नुपर्ने उनले बताएका छन्।

कम्तीमा तीन दिन समय दिएर अध्ययन गर्ने, प्रदेशसभा सदस्यहरूसँग परामर्श गर्ने तथा उनीहरूलाई सम्झाउने-बुझाउने प्रयास गरेपछि मात्र निर्णय लिनुपर्ने आफूहरूको प्रस्ताव रहेको थापाले बताएका छन्।

तर ती सुझावलाई बेवास्ता गर्दै पूर्वाग्रहका साथ उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने एकपक्षीय निर्णय गरिएको उनको दाबी छ।

‘अब सायद कारबाहीको शृङ्खला अझै बढ्दै जानेछ। तर कारबाही र निष्कासन मात्र समस्याको समाधान होइन। पार्टीभित्र गम्भीर संवादहीनताको अवस्था छ,’ थापाले भनेका छन्।

उनले पार्टीभित्र ‘म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी मान्यता हाबी हुँदै गएको आरोपसमेत लगाए।

राप्रपा कमजोर बन्दै गइरहेको अवस्थामा दम्भ र गुटबन्दीका आधारमा नभई सद्भाव, एकता, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन हुनुपर्ने थापाको भनाइ छ।

अप्रिय घटनाबाट विचलित नहुन राप्रपाका निष्ठावान् कार्यकर्तालाई आग्रह गर्दै उनले परिस्थिति क्रमशः सकारात्मक बन्दै जाने विश्वास व्यक्त गरेका छन्।

‘राप्रपाको भविष्य उज्ज्वल छ। हामी फेरि राप्रपालाई सशक्त बनाएर उठाउनेछौँ,’ उनले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।
अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा चुरोटमा लगाइएको उच्च करका कारण कालोबजारी र संगठित अपराध बढेको विशेषज्ञहरूले औंल्याएका छन् । उनीहरूले सुर्ती–तम्बाकु कर घटाउँदै कानुनी चुरोटको मूल्य सस्तो बनाउनुपर्ने बताएका हुन् ।
जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या देखिएका दुई महिलालाई हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको छ।
स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्।

भर्खरै